सहिद छत्र सावदेनको १७ औं स्मृति दिवस मनाईयाे

  नयाँ बुलन्द
0 Shares

इलाम : सहिद छत्र सावदेनको स्मृति दिवस बिभिन्न कार्यक्रमहरु गरी मनाईएको छ ।  किरात धर्म दर्शनको निमित्त जिउ ज्यान नै अाहुति दिने बीर किरात सहिद छत्र सावदेनको १७ अौं स्मृति दिवस माङसेबुङ ५ गुरु निजि आश्रम अवस्थित माङ इङ्दङ हिममा बिभिध कार्यक्रमका बिच सप्पन्न गरिएको हो ।

१० बर्षे जनयुद्ध कालमा तत्कालीन माअोबादीले इलामको जितपुरबाट अपहरण गरी दानाबारीको सहबिरे जंगलमा निर्मम्ता पुर्वक हत्या गरिएका सहिद छत्र सावदेनको स्मृति दिवस कार्यक्रममा प्रकाश सावदेन, चिरन्जिबी खालिङ, जलन आङ्बुहाङ, मनमाया योङ्हाङ, मनकुमार आङ्बुहाङ, दुध्बहादुर लावती र केहेर्सिङ योङ्हाङले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम किरात चोलुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा केन्द्रिय समिति अध्यक्ष केहेरसिंङ योङहाङको प्रमुख आतिथ्य तथा किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय उपाध्यक्ष दुधबहादुर लावतीको विशेष आतिथ्य सम्पन्न भएको हो । कार्यक्रममा किरात धर्म जन्य संघ संस्थाका प्रतिनिधि ,संचारकर्मी, कलाकर्मी हरुको समेत उपस्थिती रहेको थियो भने कार्यक्रम सिकुम लिम्बुले सन्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार