दाङमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो

  नयाँ बुलन्द
0 Shares

दाङ : दाङमा शुक्रवार साँझ भएकाे बस दुर्घटनामा परी मर्नेकाे संख्या २० पुगेकाे छ ।

११ जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो। बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

२० जनाको शब फेला परेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन्।  बस कृष्णसेन इच्छुक पाेलि टेक्निकल इन्स्टि्च्युटकाे रहेकाे बताइएकाे छ। विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अहिले प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार