काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले किरात समुदायको महान् चाडको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
महराले समुदायको महान् चाड उद्योली साकेला, चासोक तङनाम, चासुवा, शाँदर पिदर, भुम्याको अवसरमा स्वदेश तथा विदेशमा रहेका करात समुदायको मुहारमा हर्षोल्लास छावोस् भन्दै सम्पूर्ण समुदायहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको सभामुखको कार्यालयबाट जारी शुभकामनामा नेपाल विविध धर्म र संस्कृतिको संगम स्थल रहेको, नेपालमा विभिन्न संस्कृति र धर्मको समान स्थान रहेको साथै नेपालको संविधानले बहुसाँस्कृतिक, बहुधार्मिक र धर्म निरपेक्षतालाई आत्मसाथ गरेको उल्लेख गरेका छन् ।
प्राचिनदेखि नै नेपालमा धार्मिक सहिष्णुता रहेको र सबैले सबै धर्मको उचित सम्मान गरेको अवस्था रहेको भन्दै शुभकामनामा सबै धार्मिक समुदायका विशिष्टिकृत चाडपर्व र संस्कार रहेको उल्लेख गरिएको छ ।