राप्रपा उपाध्यक्ष दिपक बोहरा संघीय फोरममा प्रवेश !

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष दिपक बोहरा संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्ने तयारी गरेका छन् ।

बोहरालाई पार्टीमा ल्याउन संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु पनि तयार छन् ।

बोहरालाई पार्टीमा ल्याउने विषयमा धेरै पटक कुराकानी भइसकेको र प्रवेशको अन्तिम तयारी रहेको एक नेताले बताए ।

पछिल्लो समय संघीय फोरमले विभिन्न पार्टीहरुसँग एकता गर्न र शक्ति आर्जन गर्नका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा एकता कार्यदल नै गठन गरेको छ ।

खराब राजनीतिक छबि भएका बोहरालाई संघीय फोरमभित्र पनि उपाध्यक्ष बनाउने तयारी गरिएको छ ।

राजनीतिक एजेण्डा र दृष्टिकोणका हिसाबले निकै भिन्न रहेका बोहरा संघीय फोरममा आउन लागेकाले आश्चर्य समेत प्रकट गरिएको छ ।

किनभने राजावादी र पूर्वपञ्चहरुको नेतृत्व भएको राप्रपाको एकताको प्रयास चलिरहेका बेला बोहरा भने पहिचान, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशीजस्ता एजेण्डा उठाउदै आएको संघीय फोरममा प्रवेश गर्न लागेका छन् ।

श्रोत : सार्वजनिक डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार