तेक्वान्दो प्रतियोगिता सम्पन्न

  गोपाल गिरि
7 Shares

सुर्योदय कन्याम  : प्रथम हर्कटे जिल्ला स्तरीय क्याडेट जुनियर तेक्वान्दो प्रतियोगिता अाज सम्पन्न भएको छ।

हर्कटे डोजाङको अायोजनामा स्थानीय डुडे गैरा खेल मैदानमा २दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा ईलाम जिल्ला भरीका ८ डोजाङ हरु सहभागी थिए जस अन्तर्गत १५० खेलाडीहरु प्रतियोगितामा सामेल रहेका थिए ।

पुरुष र महिला गरि ८/८ ईभेन्टमा खेलाईएको खेलमा जम्मा ६४ खेलाडीहरु पुरस्कृत गरिएका थिए भने २ जना लाई सर्वोकृष्ट घोषणा गरिएको थियोे । जसमा पुरुष तर्फ संजीव तामाङ तथा महिला तर्फ संन्जिता तामाङ रहेका छन् ।

बिजेता खेलाडी हरु लाई केन्द्रीय तेक्वान्दो संघ सदस्य टार्जन राईले ट्रफि बितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि ६नम्बर वडाध्यक्ष शीबकुमार बस्नेत तथा बिशेष अतिथि हरु प्रदेश सभा सदस्य हरु काजीमान कागते तथा धीरेन्द्र शर्मा सुर्योदय नगरपालिकाका उपमेयर दुर्गादेबि भट्टराई रोङ गाउँ पालिका का अध्यक्ष शमशेर राई लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम अायोजक समिति का अध्यक्ष खगेन्द्र शिवाकोटी को सभापतित्वमा सम्पन्न भएको अायोजक समिति का सह सचिव टीका अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार