किराती चाडमा सार्वजनिक विदाको माग गर्दै कियाचु मोरङद्वारा ज्ञापनपत्र

  नयाँ बुलन्द
0 Shares

किराती चाडमा ३ दिन सार्वजनिक विदाको माग गर्दै नेपाल सरकार र प्रदेश सरकाराई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउँदै किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष विवेक योङहाङ

मोरङ  : किरात याक्थुङ चुम्लुङ मोरङले आदिवासी जनजातिहरुको पर्वमा दिइदैं आएको सार्वजनिक विदा कटोतीको निर्णय खारेज गर्न सरकारसँग माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

चुम्लुङ मोरङका अध्यक्ष विकेक योङहाङको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत विदा कटौती फिर्ताको माग गर्दै नेपाल सरकार र प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

नेपालमा विदा धेरै भएको भएपनि सांस्कृतिक विभेद हुने गरी सरकारले आदिवासीहरुको विदा कटौती गरेको भन्दै फिर्ताको माग गरेको छ । चुम्लुङले मंसिरे पूर्णिमामा पर्ने किरात समुदायको चाडमा देशभरी पुरानै कायम गरी प्रदेशमा थप ३ दिन सार्वजनिक विदाको माग गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार