फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा कार्यरत लेखापाल खेगेन गुरूङले आफ्नो जन्मदिनको अवसर पारेर आज अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।
लेखापाल गुरूङले सिंहदेवी मावि आमचोकमा अध्ययनरत अनाथ विद्यार्थीहरूलाई झोला, डटपेन र कापी वितरण गरेका हुन् ।
उनले सिंहदेवी माविको आधारभूत तहमा अध्ययनरत कृष्ण मगर, पृतम राई, सुजन राई, खगेन्द्र लकान्द्री र सविना लिम्वूलाई झोला, कपी र डटपेन वितरण गरेका हुन ।
त्यस्तैगरी निशा शंकर, सन्देश मुर्मू, सन्तोष विसुंखे, दीपा लिम्वू र रुपा खनाललाई कपी र डटपेन वितरण गरेको विद्यालयका शिक्षक दिपेन्द्र पराजुलीले जानकारी दिए ।
जन्मदिनमा हर्षाेल्लास मनाउनुभन्दा अनाथ विद्यार्थीहरूलाई अध्ययनमा टेवा पुगोस भन्ने उद्देश्यले आफूले शैक्षिक सामग्री वितरण गरेको लेखापाल गुरूङले बताए ।






















































