फाल्गुनन्दमा स्वास्थ्य कार्यक्रम सम्बन्धि समिक्षा गोष्ठी सम्पन्न

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा वार्षिक स्वास्थ्य कार्यक्रम सम्बन्धि तीन दिने समिक्षात्मक गोष्ठी मंगलबार सम्पन्न भएको छ।

स्वास्थ्य कार्यालयका हेल्थ असिस्टेन्ट संजिव नममको अध्यक्षता तथा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर वान्तवाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

गाउँपालिका स्तरका स्वास्थ्य क्षेत्रमा तीनआर्थिक वर्ष ०७२÷०७३,०७३÷०७४ र ०७४÷०७५ असार मसान्तसम्म स्वास्थ्य सेवाको ओपिडिमा पत्ता लगाइएका टपटेन डिजिजहरुको प्रस्तुतीकरण तथा बिस्तृत छलफल गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक तथा गोष्ठी सहजकर्ता जिवछ गुप्ताले जानकारी दिए। स्वास्थ्य केन्द्रहरुमा तीन ट्रायल अवधि भित्र देखिएका समस्यलाई आगामी आर्थिक वर्षबाट समाधान गर्दै सेवाग्राहीलाई उचित सेवा प्रदान गरिने कार्ययोजना तय गरिएको जनाएको छ।

वार्षिक स्वास्थ्य कार्यक्रम अन्तर्गत पालिका क्षेत्रमा स्वास्थ्य खोप,पोषण,पाँच वर्ष मुनिका बालबालिकाको लागि सुचाङ्क बारे छलफल,सुरक्षित मातृत्व ,परिवार नियोजन,क्षयरोग जस्ता कार्यक्रमहरु संचालन गरिएको उनले बताए।

स्वस्थ्य गतिविधिलाई सुधार गर्न जनप्रतिनिधिहरु,संघसंस्थाका इन्चार्ज ,स्वास्थ्यकर्मी,बुद्धिजीवी लगायतको उपस्थिति थियोे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार