संघीयताप्रति वितृष्णा जागेपछि हिन्दुराष्ट्रका पक्षमा आवाज उठ्न थाल्यो : चित्रबहादुर

  नयाँ बुलन्द
0 Shares

डडेल्धुरा : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

कार्यकर्ता भेटघाटको क्रममा सुदूरपश्चिम प्रदेश दौडाहामा रहेका केसीले आज डडेल्धुरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारलाई सफल मान्न नसकिने बताएका हुन् । उनले नेपाली जनताको सात दशकको पर्खाइ र बलिदानीबाट प्राप्त उपलब्धिमाथि खेलबाड गर्न देशी–विदेशी तत्व सल्बलाई रहेको जिकिर गर्दै तीनै तहका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए ।

सरकारको कार्यशैलीले जनतालाई झन् निरास पारेको भन्दै उनले संघीयताप्रति जनताको बितृष्णा जागेकाले हिन्दुराज्यका आवाज उठ्न थालेको दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार