किरात राई विद्यार्थी संघको नवौ राष्ट्रिय सम्मेलन खोटाङमा हुने

  नयाँ बुलन्द
0 Shares

इलाम :  किरात राई विद्यार्थी संघको नवौ राष्ट्रिय सम्मेलन खोटाङको दिक्तेलमा हुने भएको छ । आगामी २६, २७ र २८ बैशाखमा किरातीहरुको ऐतिहासिक उद्गम स्थान साथै आफ्नै ईतिहास समेत बोकेको खोटाङमा राष्ट्रिय सम्मेलन हुने किरात राई विद्यार्थी संघल जनाएको छ।

२०५६ भदौ १७ गते ‘हाम्रो पहिचान भाषा र संस्कृति, सद्भाव बढाई त्यागौ विकृती’ भन्ने नाराका साथ स्थापना भएको किरावि संघ हाल नवौ राष्ट्रिय सम्मेलनको तयारिमा छ । २०५७ मंसिर २७, २८ र २९ गते पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न गर्दै दिपेन्द्र राईको नेतृत्वमा संघले नयाँ कार्यसमिति पायो । २०५९ फागुन २७, २८ र २९ गते ईलाममा आफ्नो दास्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्याे । दोस्रो राष्ट्रिय सम्मेलने चन्द्रविक्रम राईको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भए ।
२०६२ मंसिर २२, २३ र २४ गते सुनसरिको धरानमा संघको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै दिवस राईले नेतृत्व लिदै संघलाई आफ्नो उदेश्य र लक्ष्य प्राप्तिको दिशामा निरन्तर अघि बढिरह्यो ।

२०६४ मंसिर २७, २८ र २९ गते काठमाण्डौबाट भोगिराज राई, २०६६ मंसिर २७, २८ र २९ दमकबाट रविन राई, २०६८ मंसिर २७, २८ र २९ काठमाण्डौबाट धिरेन्द्र रुम्दाली, २०७१ चैत्र २७, २८ र २९ सोलुखुम्बुबाट अर्जुन जम्नेली राईले नेतृत्व गरिसकेका छन् ।

२०७३ मंसिर २७, २८ र २९ गते इलाममा सम्पन्न आठौं राष्ट्रिय सम्मेलनबाट विर्सिका राईको नेतृत्वमा विभिन्न गतिविधिहरु सम्पन्न गर्दै अहिले नवौ राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहेको छ ।

विर्सिका राईको संयोजकत्वमा ७५ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । सम्मेलन सफलता पूर्वक भव्य र सभ्य ढंगले सम्पन्न गर्नका लागि विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको जनाएको छ ।

सम्मेलनमा १६ जिल्ला संगै उपत्यकाका किरात राई विद्यार्थी प्रतिनिधिहरु सहभागि हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार