चितवन : एक २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ भारतीय अभियुक्तलाई चितवन जिल्ला अदालतले १०/१० वर्षको कैद फैसला सुनाएको छ ।
न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार ३ का १८ वर्षीय छोटु साह तुराहा र ४ का ३६ वर्षीय प्रदीप सरकारलाई उक्त सजाय सुनाइएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए ।
उनीहरुमाथि असार १० गते युवतीलाई बलात्कार गरेको आरोप लागेको छ ।