इलाम : पछिल्लो समय महिलामाथि हुने हिंसा बढीरहेको भएपनि पिडित महिलाले न्याय पाउन नसकेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन ।
कानुन कडा बन्दै गएपनि कार्यन्वयनमा सरकार उदासीन रहेको उनीहरुले आरोप समेत लगाएका छन । महिला घरभित्र नै सुरक्षित हुन नसकेको चिन्ता व्यक्त गरेका छन् ।
महिला हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको अन्तकृया कार्यक्रम इलाम सदरमुकाममा भएको कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।
कार्यक्रममा आमसंचारका विज्ञापनमा महिला संवेदनशीलता, महिला अधिकारको पृष्ठभूमि तथा इलाम जिल्ला र नेपाली महिला विरुद्घ भेदभावपूर्ण सवंैधानिक तथा कानुनी व्यवस्थाहरु बारे छलफल भएको थियो ।
सुनगाभा विकास संस्थाको समान शक्ति समान अधिकार कार्यक्रम अन्र्तगत भएको कार्यक्रममा संचारकर्मी सविता पाण्डे, महिला अधिकारकर्मी दिपा आचार्य र भरत अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइलीले जनप्रतिनिधी आइसकेपछि हिंसामा परेका महिलाहरुलाई न्यायको लागि केही सहज बन्दै गएको बताइन् । इलाम नगरपालिकाकी उपमेयर सुशिला नेम्वाङले हिंसामा परेका महिलाहरुलाई न्याय दिलाउन सबैको सहयोग आवश्यक रहेको धारणा राखिन् । हिंसामा परेकालाइ पुनस्थापित गर्न नगरमा सेफ हाउस बनाउने तयारी भइरहेको समेत बताइन ।
सुनगाभा विकास संस्थाकोक संचालक समिति सदस्य सरला घिमिरेको अध्यक्षतामा र जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इलाम नगरपालिका उपमेयर, वडा सदस्यहरु, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।