कृषि उपजको क्षेत्रमा हाम्रो इलाम जिल्लाको अध्यायन गर्दा कृषिजन्य वस्तुहरु जस्तैः चिया, अदुवा, ओलन, अम्रिसो, आलु, अलैंची आदि वडी भन्दा बढी मात्रमा उत्पादन हुने क्षेत्रको रुपमा विश्लेषण गर्न सकिन्छ । यदी व्यवस्थित सितभण्डारका साथै स्थानीय स्तरमा नै उपर्युक्त उत्पादित वस्तुहरुको प्रशोधन गर्ने केही उद्योगहरुको स्थापना गराई बजारीकरणका चरणहरु पुरा गर्ने हो भने कृषकहरुले हालको आम्दानी भन्दा करीब दोव्वर हिसावले आर्जन बढाई जिवन स्तरमा समेत फरक महशुश गर्न सक्छन् भन्ने अनुमान गर्न सकिन्छ । कुनै पनि उद्योग/व्यवसाय संचालन पूर्व हामीले हाम्रो देशको विद्यमान निति, नियमहरुको बारेमा जानकारी लिन उपयुक्त हुन्छ । हाम्रो देशमा उद्योग/व्यवसाय संचालनका निमित्त उद्योग व्यवसायलाई विभिन्न किसिमले परिभाषित गरी वर्गीकरण गरेको पाइन्छ ।
लगानी र प्रकृतिको आधारमा उद्योगहरुको वर्गीकरण
लघु उद्यम (Micro Enterprises) : लघु उद्यम भन्नाले घर जग्गा बाहेक बढीमा दुई लाख रुपैयाँसम्म स्थीर पुँजी लगानी हुने, उद्यमी स्वयम् व्यवस्थापनमा संलग्न रहेको, उद्यमी समेत ९ जनासम्म कामदार रहेको, वार्षिक आर्थिक कारोवार २० लाख रुपैयाँ भन्दा कम रहेको र इन्जिन उपकरण प्रयोग हुने भएमा त्यस्तो इन्जिन वा उपकरणको विद्युत मोटर वा अन्य तेल इन्जीन शक्ति क्षमता १० किलोवाट भन्दा कम भएको । स्पष्टीकरण : माथि उल्लेखित शर्तहरु पुरा गरेतापनि अनुमति लिनुपर्ने उद्योग व्यवसाय, मदिरा, वियर, चुरोट विडी वा अन्य सूर्तीजन्य वस्तु उत्पादन वा प्रयोग हुने व्यवसायलाई लघु उद्यम मानिने छैन । त्यसैगरी एकपटक लघु उद्यम व्यवसायको रुपमा दर्ता भएका उद्यमले अन्य उद्योगका रुपमा स्तरोन्नती गरेमा सो उद्यम लघु उद्यमको वर्गमा रहने छैन ।
परम्परागत तथा अन्य घरेलु उद्योग (Traditional and Other Cottage Industries):
परम्परागत सीप र प्रविधि प्रयोग गर्ने, स्थानीय कच्चा पदार्थ एवम् स्थानीय प्रविधिमा आधारित औजार उपकरण उपयोग गर्ने, देशको कला र संस्कृतिसँग सम्वद्ध र १० किलोवाटसम्म विद्युत शक्ति प्रयोग गर्ने उद्योग व्यवसाय । ह्याण्ड लूम, पेडल लूम, सेमी-अटोमेटिक लूम, कपडा वार्पिङ्ग, परम्परागत प्रविधिबाट गरिने रङ्गाई, छपाई, सिलाई (तयारी पोशाक बाहेक) र बुनाई । ऊन र रेशममा आधारित हाते बुनाईका राडी पाखी, गलैंचा, पश्मिना, पोशाक ।हातेकागज र सोमा आधारित वस्तु । परम्परागत कलामा आधारित वस्तु (Filigree and Ornamental Items based on Traditional Crafts) । परम्परागत मूर्तिकला । तामा, पित्तल, ढलौट, कांस र जर्मन सिल्भर जस्ता धातुबाट हस्तनिर्मित भांडावर्तन तथा हस्तकलाका सामान । फलामबाट बनेका हस्तनिर्मित भांडा वर्तन तथा घरायसी प्रयोगका चक्कु, चुलेसी, खुकुरी, हंसिया, कुटो, कोदालो जस्ता परम्परागत औजारहरु ।सुन चांदीबाट हस्तनिर्मित गर गहना, वस्तु, भांडा वर्तनहरु (बहुमूल्य, अर्ध वहुमूल्य तथा साधारण पत्थर जडान भएका समेत) ।स्वदेशमा उपलब्ध किमति, अर्ध किमति तथा साधारण पत्थर कटाई उद्योग । ग्रामीण ट्यानिङ्ग/छालाबाट हस्त निर्मित वस्तुहरु । जुट, सवाइ घाँस, चोया, बाबियो, सुती धागो, अल्लो आदि प्राकृतिक रेशामा आधारित उद्योग । पत्थरकला (ढुंगा कुंदी बनाइएका सामानहरु) । पौभा, थाङ्का चित्र र अन्य परम्परागत चित्रकला । मुकुण्डो (Mask) तथा परम्परागत संस्कृति दर्शाउने पुतली र खेलौना ।परम्परागत संस्कृति, वाजागाजा र कला दर्शाउने विभिन्न प्रकारका हस्तकलाका वस्तु । काठ, हाड, सिङ्ग तथा माटो, चटृान र खनीजका कलात्मक वस्तुहरु ।सेरामिक्स तथा माटाका भाँडाकुँडा ।
साना उद्योग (Small Scale Industries): लघु उद्यम र परम्परागत तथा अन्य घरेलु उद्योग बाहेक पाँच करोड रुपैंयासम्म स्थीर जेथा भएका औद्योगिक व्यवसाय ।
मझौला उद्योग (Medium Scale Industries): मझौला उद्योग भन्नाले पाँच करोड भन्दा वढी पन्ध्र करोड रुपैंयासम्म स्थीर जेथा भएका औद्योगिक व्यवसाय ।
ठूला उद्योग (Large Scale Industries): पन्ध्र करोड रुपैँया भन्दा बढी स्थीर जेथा भएका औद्योगिक व्यवसाय, माथि उल्लेखित उद्योगहरुको स्थीर जेथा भन्नाले चल वा अचल सम्पत्तिहरु पर्नेछन् । जमीन र जमीन सुधार (जस्तै जमीन सम्याउने, पुर्ने, पर्खाल लगाउने जस्ता कार्यहरु),स्थलीय भौतिक पूर्वाधारहरु (जस्तै ढल निकास, आन्तरिक सडक), कार्यालय, कारखाना भवन, गोदाम घर, विद्युत वितरण, पानी वितरण व्यवस्था तथा आवास भवनहरु,यन्त्र, उपकरण तथा औजारहरु,परिवहनका साधनहरु,विद्युत, उपकरण तथा कार्यालय उपकरणहरु,फर्निचर, फिक्स्चर तथा फर्निसिङ्ग, संचार व्यवस्था तथा उपकरणहरु,माथि उल्लेखित सम्पत्तिहरुको अतिरिक्त उद्योगमा लगानी हुनु भन्दा अघि वा निर्माण चरणको विभिन्न अवस्थामा हुने वा भएको पूंजीकृत गरिने प्राविधिक परामर्श र सुपरीवेक्षण खर्च, पूर्व लगानी र पूर्व सञ्चालन खर्च तथा निर्माण अवधिको पूँजीकृत हुने व्याज समेतलाई उद्योगको स्थीर जेथा भनिनेछ । यस्तै गरेर ब्यवसायको प्रकृतिको आधारमा हेर्दा उत्पादनमूलक उद्योग,उर्जामुलक उद्योग,कृषि तथा वनजन्य उद्योग,खनिज उद्योग,पर्यटन उद्योग,सेवा उद्योग र निर्माण उद्योग गरि विभाजन गरेको पाइन्छ ।
स्वामित्वको आधारमा उद्योग व्यवसायको वर्गीकरणः
एकलौटी व्यवसाय : एक जना व्यक्तिको लगानी तथा स्वामित्व रहेको व्यवसाय ।
साझेदारी व्यवसाय : दुई वा दुईभन्दा बढी व्यक्तिहरु मिलेर नाफारनोक्सान व्यहोर्ने हिसाबले कबुलियतनामा गरी साझेदारी ऐन २०२० अन्तर्गत दर्ता गरी स्थापना गरिएको व्यवसाय ।
कम्पनी : कम्पनी भन्नाले कम्पनी ऐन २०२१ अन्तर्गत स्थापना भएको लिमिटेड कम्पनी भन्ने बुभ्mनुपर्छ । प्राइभेट कम्पनीः कम्पनीको शेयर डिवेन्चर खुल्ला रुपमा विक्रि गर्न नपाउने र संचालक समितिको मञ्जुरी वेगर कम्पनीको शेयर डिवेन्चर शेयरवाला वाहेक अरु व्यक्तिलाई धितो वन्धक राखी वा अरु कुनै किसिमको हक छाडी दिन नपाउने वन्देज रही कम्पनीका शेयरवालाको संख्या वढीमा पचास भन्दा ननाघ्ने गरी कम्पनी ऐन २०२१ वमोजिम स्थापित भएको कम्नीलाई प्राइभेट कम्पनी भनिन्छ । नेपालमा औद्योगिक ऐन अनुसार लघु व्यवसायको परिभाषा गरेको नपाइएता पनि आद्योगिक नीति २०४९ अनुसार क्षेत्रीय आर्थिक असन्तुलनलाई ध्यानमा राखि ग्रामिण विकासमा टेवा दिन विपन्न वर्गको उत्थान गर्न ग्रामीण रोजगारका अवसरहरुमा वृद्धि गरी घरेलु तथा कृषिजन्य उद्योगहरुको विकासमा वढी जोड दिइएको पाइन्छ । यसरी धेरैजसो उद्यमी व्यवसायीहरूले वस्तु उत्पादन गर्ने तर्पmमात्र ध्यानकेन्द्रित गरेको पाइन्छ । संचालीत उद्यम, ब्यवसायको नियमत निकायहरुले उपलब्ध गराउने सेवा,सुवीधा, ब्यवसाय संचालन गर्ने मापदण्ड आदिको वारेमा पनि वेला वखत खोज गर्न आवश्यक हुन्छ यस्तै गरेर ग्राहकको इच्छा, आवश्यकता र चाहना, सुविधा आदिबारे ध्यान नपु¥याएको कारणले वस्तु गुणस्तरीय भए तापनि बिक्री वृद्धि वा बजारविस्तार भएको हुँदैन । बिक्री बढाउन वा बजारविस्तार गर्न ग्राहकको आवश्यकता पूरा गरी सन्तुष्ट पार्नु नितान्त आवश्यक हुन्छ । त्यसैले ग्राहकलाई सन्तुष्टि प्रदान गर्न उद्यमीहरूद्वारा विभिन्न उपायहरू अपनाइन्छन् । अरु उद्योगको भन्दा फरकपन ल्याई आप्mना ग्राहकलाई सन्तुष्टि दिने उद्यमीले नै व्यवसायमा सफलता हासिल गर्दछ । अरु उद्योगको भन्दा फरक तरिकाबाट ग्राहकलाई सन्तुष्ट प्रदान गर्न सर्वप्रथम अरु प्रतिस्पर्धी उद्यमीहरूले के कस्ता क्रियाकलापहरू गर्दैछन् र व्यसाको परिमार्जन तथा परिस्कृत गर्दा राज्यको विधमान निति,नियमहरु के कस्ता छन् भन्ने कुरा थाहा पाउनुपर्छ ।
उपर्युक्त कुराहरुको अध्यायन तथा खोज गरेर हाम्रो इच्छा र क्षमता अनुसारको यस क्षेत्रमा पाइने कृषि जन्य कच्चा पदार्थहरुको आधारमा कुनै पनि प्रकारले उद्योगहरुको स्थापना तथा संचालन गर्न सक्दछौ तर हामीमा उद्योग,ब्यवसाय संचालन गर्ने सोच वा इचछा, शक्ति भने अवश्य पनि हुन आवश्यक छ ।