इलाम : इलाम सदरमुकाम सहित जिल्लकाे उच्च क्षेत्रकाे जनजिवन प्रभाबित भएकाे छ ।
पौष १ गते बेलुका देखि नै जिल्लकाे हिमाली क्षेत्रमा लगातार पानी पिररहेकाेले चिसो अत्याधिक बडेका करण उच्च भेगमा जनजिवन प्रभाबित भएकाे छ भने अाज बिहानै बाट सदरमुकाम सहित जिल्ला भर नै पानी परिरहेकाेले जनजिवन थप प्रभाबित भएकाे हाे।
जिल्लकाे धरै उचाइमा रहेकाे सन्दकपुर, जाैबारी , तुम्लिङ र माइजोगमाइको आसपासमा हिउँ परिरहेकोले चिसो अत्याधिक बडेको छ ।
चिसो अत्याधिक भएकाले यस भेगका मानिसहरुकाे दैनिकिमा समेत असर परेकाे छ । उनिहरु घर बाहिर निस्कन सकिरहेका छैन्नन् । धेरै चिसोको कारण गाई बस्तुहरुकाे समेत बिजोक भएको छ । पानी परे संगै बाटो हिलो र बाटाेमा हिउ भएकाले यातायतको साधनहरु चल्न सकेका छैन र स्थानिय बिद्यालयहरु पनि चिसोको कारण बन्द गर्नु पर्ने अवस्थामा पुगेका छन् ।