माइजोगमाइ : माइजोगमाइ गाँउपालिकाकाे माथिलो भेगमा गएकाे मंसिर १५ देखि नै चिसो बढेकाे थियाे । चिसो सगै यस बाट जोगिन मानिसहरु ज्याकेट , टोपी, मक्लोट र पन्जा लगाएर हिडडुल गने गरेका छन् ।
यस ठाँउमा मंसिर १५ देखि फागुन १५ सम्म ३ महिना चिसो भए पनि पुस देखि माघ १५ सम्म धेरै चिसो हुने गदर्छ त्यसैले यो समयमा ब्यापारिहरुले पनि जाडोको मौका छोपेर विशेष रुपमा ज्याकेट र टोपिबाट राम्रै नाफा कमाउछ्न ।
ज्यादै चिसो हुने भएकाले यसबाट जोगिन्न ज्याकेत ,सुइटर, कोट भए पनि मानिसहरु प्रायजसो ज्याकेट नै लगाउन रुचाउछ। नयाँबजारका कपडा व्यापारी चेतन छेत्रीले सिजन सुरु हुन लाग्दै ५५ हजारको ज्याकेट बेचिसकेका छन् । बर्सेनि जाडो सिजनमा ३ लाखको हाराहारिमा ज्याकेट र टोपी बेच्ने चेतनले चिसो बिगत बर्षको भन्दा बढ्यो भने ४ लाखको हाराहारिमा बेच्ने लख्छ राखेका छन । त्यस्तै प्याङका घनेन्द्र काफ्लेले २ महिना भयो ज्याकेट र सिरकको ब्यावसाय थालेको उनले पनि यो चिसोले गर्दा राम्रै चलेको बताए ।
अरु समयमा खास मानिसलाई ज्याकेट ,सिरक आवस्यक नपरे पनि यो समयमा अति आवस्यक भएकोले बाध्यताले किन्ने हुदा यतिखेर लुगा पसलहरु चलेको उनको कथन छ ।
माईजोगमसिको नयाँबजार जोगमाई प्याङमा अध्याधिक चिसो हुने हुदा यस भेगमा न्यानो ज्याकेटको खपत धेरै हुने गरेको छ । चिसो बढे संगै प्याङको स्थानिय पन्चमी बजारमा लाग्ने आइतबारे हटिया बजारमा ३० को हाराहारीमा बाहिरबाट लुगा व्यापारीहरु ब्यापारका लागि आउने गरेका छन ।