काठमाडौं : पूर्व प्रधानमन्त्री डा तुलसी गिरीको ९३ वर्षको उमेरमा मंगलबार(आज) निधन भएको छ ।
उनको गृह निवास बुढानिलकण्ठमा आज विहान ६ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
डा. गिरी लामो समयदेखि कलेजोको क्यान्सर र हृदय रोगबाट पीडित थिए । डा गिरी राजाले शासन सत्ता हातमा लिएका बखत पटक पटक प्रधानमन्त्री बनेका थिए ।
वि. सं २०१७ सालमा राजाले जननिर्वाचित संसद र सरकारलाई भङ्ग गरी पञ्चायती व्यवस्था लादेपछि मन्त्रीपरिषदको उपाध्यक्ष बनेका उनी पछि प्रधानमन्त्री बनेका थिए । यसअघि उनी नेपाली कांग्रेसको एकमना सरकारमा परराष्ट्र मन्त्री थिए ।