फाल्गुनन्दमा पञ्‍जीकरणको काम अनलाइन प्रणालीमा

  युद्धबहादुर बोहोरा
0 Shares

पाँचथर : फाल्गुनन्द गाउँपालिकामा अनलाइन प्रणालीमा पञ्जीकरणको काम सरु भएको छ । गाउँपालिकाको ४ र ५ वडामा यही १ पुसबाट अनलाइन प्रणालीमा पञ्जिकारणको शुरुवात भएको हो ।

वडा नम्बर ५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको अध्यक्षतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर वान्तावाले अनलाइन सेवाको उद्घाटनमा गरेका हुन् । नेपाल सरकारको देशव्यापी अनलाईन रजिस्ट्रेसन संचालन गर्ने निति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पहिलो गाउँसभाले उक्त निर्णय पारित गरि हाल दुईवटा वडामा सेवा संचालन गर्न थालेको गाउँपालिकाले जनाएको छ ।

जन्म, मृत्यु, विवाह दर्ता, बसाइँसराइ, औपचारिक प्रमाणपत्र र अन्य कार्यालयका तथ्यपूर्ण जानकारीको विवरण संकलन गर्न हस्तलिखित कागजात भन्दा सहज र छिटो अपडेट गर्न अनलाइनको सुचारु गरिएको वडा नम्बर ५ का सचिव टीका चेम्जोङ बताउँछन् ।

यस आर्थिक वर्षभित्र सबै वडामा अनलाईन पञ्जिकारण सुविधा संचालन गर्न सम्बन्धित कर्मचारीहरुलाई सफ्टवेयर प्रयोगबारे तालिम गराइ सकेको अधिकृत वान्तवाले जानकारी दिए । अनलाइन सेवामार्फत कुनै काम गर्न लामो समय कुर्नु नपर्ने र आवश्यकता अनुसार आफ्नो विवरण तत्काल पाउन सक्ने हुँदा सर्वसाधारण जनताले यस्तो सुविधालाई स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार