नातिनीलाई बलात्कार गर्ने हजुरबुबा प्रहरी नियन्त्रणमा !

  प्रनिश थापा
0 Shares

चितवन : आफ्नै नातिनीलाई पटक पटक बलात्कार गर्ने हजुरबुबालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार यहाँको खैरहनी  नगरपालिकाका ६० वर्षीय एक वृद्धालाइ आफ्नै ८ वर्षीया र १० बर्षिया नातिनीलाई जबरजस्ती करणी गर्दै आइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।

साउदका अनुसार ति पुरुषले दिनभर गाँउमा काम गर्ने र स्थानीय एक ब्यक्तिको गाईगोठमा बस्ने गरेकोमा नातिनीहरु कहिलेकाही हजुरवुवासँगै सुत्न जाने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

मेडिकल रिपोर्टमा पनि वालिकाको बलात्कार भएको पुष्टि भएको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी समेत दिएका छन् । पक्राउ परेका ती वृद्धलाइ आइतवार चितवन जिल्ला अदालतबाट जबरर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रियालाई अगाडि बढाइएको छ भने पीडितलाई बाबुआमाको जिम्मा लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार