डाक्टर केसीको सत्याग्रहसहितको आन्दोलन पुष १७ गतेदेखि

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : सोमबारदेखि चिकित्सा शिक्षा ऐन तत्कालन पारित गर्न माग गर्दै सत्याग्रहसहितको आन्दोलन गर्ने चेतावनी दिए \  डा केसीको आन्दोलनका कार्यक्रम सरेको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अघि बढाउन केही दिन समय लाग्ने भनेर जानकारी गराएकाले सत्याग्रह दुई साता पर सारेको केसीले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

यसअघि डा।केसीले सोमबार आजदेखि नै सत्याग्रह सुरु गर्ने बताएका छन् ।  चिकित्सा शिक्षा ऐन दुई हप्तामा पनि पारित नभए यही पुष १७ गतेदेखि भने सत्याग्रह सुरु गर्ने केसीले चेतावनी दिए  ।

यस्तै स्वास्थ्य मन्त्रालयको सचिवमा कानुन बमोजिम चिकित्सकहरुमध्येबाट नियुक्त गर्नुपर्नेमा सरकारले गैर–चिकित्सकबाट सचिव नियुक्त गरेको भन्दै केसीले आपत्तिसमेत जनाए ।

लथालिंग रहेको देशको स्वास्थ्य क्षेत्रलाई यसले झनै अस्तव्यस्त बनाउने भएकाले कानुनबमोजिम सचिव नियुक्त गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार