निर्मला पन्त हत्याको प्रतिवेदन आइजीपी खनालको हातमा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको भूमिकाको छानविन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष   प्रतिवेदन पेश गरेको छ ।

कञ्चनपुर, भीमदत्त नगरपालिका २ बस्ने १३ वर्षीया निर्मला पन्त सोही नगरपालिक १८ स्थित उखुवारीमा २०७५ साउन ११ गते मृत अवस्थामा शव फेला परेको थियो ।  घटना सम्बन्धमा अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिका शंकास्पद भएको विषयमा छानविन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न २०७५ भदौ ३१ गते एआइजीपी धिरु बस्त्यातको संयोजकत्वमा समिति गठन भएको थियो ।

निर्मलाको बलात्कार पछि हत्या भएको ५ महिना पुग्न लाग्दा पनि हत्यारा पक्राउ पर्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार