सम्भावना बोकेको खेती : सिताके च्याउ

  गोबिन्द पौडेल
14 Shares

रोङ : स्वास्थ्यवर्धक साथै पोषिलो र सहज रुपमा उत्पादन गर्न सकिने सिताके च्याउ इलाममा पनि राम्रै उत्पादन हुने भएपछि किसानहरुको आम्दानीको अर्को भरपर्दो श्रोत बन्न थालेको छ ।

इलामका केही स्थानहरुका परिक्षणको रुपमा उत्पादन गरिएको यसको खेतीमा कतिपय किसानहरु ब्यवसायिक रुपमा नै लाग्न थालेको पाइएको छ । सरकारी स्तरबाट सिताके च्याउखेतीमा खासै पहल नगरिएको भएपनि इलनाममा कार्यक्षेत्र बनाएर जडिबुटीको काम गदै आएको होलिस्टिक नेपालले भने सिताके च्याउ खेती बिस्तारमा किसानहरुलाइ सहयोग गर्दै आएको छ ।

इलामको दशैवटा स्थानी तहहरुका बिभिन्न स्थानहरुमा यसको खेती गरिने गरेको र हाल इलाममा २७ हजार ७ सय २१ जना किसानहरुले कुनै न कुनै रुपमा यसको खेती गरिरहेको होलिस्टिक इलामका कर्मचारी भिम कुलुङ्गले जानकारी दिए ।

मलेसिया र अन्य मुलुकका औषधिय गुण बोकेको रातो च्याउ ब्राण्डका औषधिहरुको लोकप्रियता रहेसँगै रातो च्याउकै जस्तो आंषधिय गुण रहेको मानिने कारण पनि किसानहरुले आफ्नै प्रयोगको लागि यसको खेती गरिएको कुलुङ्गको भनाई छ ।

यता इलामको माईजोगमाई २ का किसान दावा दोर्जे शेर्पाले सिताके च्याउको खेती ब्यवसायिक रुपमानै गर्न थालेका छन । उनले करिब ८० हजारको लगानीमा ३ सय वटा मुडामा लगाएको च्याउ गत वर्ष ५० किलो बेचेका थिए । यसवर्ष १ सय ५० किलो बेचिसकेका छन् । एकपटक मुडा काटेर आधा इन्चको प्वाल बनाएर मैनले टालेपछि लगातार ४/५ महिना उत्पादन हुने र सोही मुडामा ४ वर्षसम्म उम्रने भएपछि एकपटक रोपेपछि ४ वर्ष सम्म ढुक्कको साथ आम्दामी हुने गरेकोले पनि यो खेती फाइदाजनक भएको शेर्पाको भनाई छ ।

अहिले आफुलृे उत्पादन गरेको च्यााउ काठमाण्डौमा काचो प्रतिकिलो ४ सय र धुलो १ सय ग्रामको ५ सयमा बेच्ने गरेको उनको भनाई छ । एउटा च्याउ नै ३ सय ग्रामसम्मको हुने गर्दछ । यसको प्रयोग तरकारी, झोल, फ्राइ, मोसरुम सोप, मःमः र डस्टको रुपमा पनि प्रयोग गरिने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार