माङसेबुङमा गाउँपालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन

  नयाँ बुलन्द
0 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाका सामुदायिक विद्यालय व्यवस्थापन समिति संगठित भएका छन् । उनीहरुले गाउँपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति नै गठन गरेका छन् ।

आइतबार माङसेबुङ ३ स्थित चतुरेमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको भेलाले  यामकुमार बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन गरेका छन् ।

समितिका उपाध्यक्षमा ज्योती राई, सचिवमा गजेन्द्र राई र कोषाध्यक्षमा मनिसा राई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मदन नइङनाम, संगीता राना मगर, याम शंकर, डम्बर भण्डारी, नरेन्द्रकुमार योङहाङ, मीना राई, कुशल इधिङ्गो, बलबहादुर काफ्ले, विद्याप्रसाद राई, दलबहादुर राई र चन्द्रमान लिम्बू चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार