नेपालमा बिगत लामाे समयदेखि नेपालकाे शासन व्यवस्था परिवर्तन गर्ने र सुखी नेपाली समृद्धि नेपाल बनाउने वहानामा बिभिन्न खाले क्रान्ति भए । नेपाली काङ्ग्रेसले गरेको क्रान्ति, तत्कालीन नेकपा एमालेले गरेको क्रान्ति र तत्कालीन नेकपा माओवादीले गरेको क्रान्ति कैयौं पुस्तादेखि एउटा सामान्य जिवनकाे खाेजिमा रहेका मानिसहरुकै सङ्घर्ष एउटा रुप उनिहरुकाे सङ्घर्षमा छ । कतै जाति व्यवस्था, कतै अर्थ व्यवस्था त कतै समाज व्यवस्थाका कारण सामान्य मानिसका हैसियतमा बाच्न पनि नपाएर मानिसहरुले बिद्रोह गरेका छन् ।
आज नेपालकाे संविधान हेर्ने हाे भने तिनै संघर्षशील मानिसहरुकाे जस्तो देखिन्छ । अनि शासन व्यवस्था हेर्ने हाे भने पनि दुई तिहाइ कम्युनिष्टहरु सत्तामा छन् । गाउँगाउँमा सरकार छ । तर के खुसी नेपाली समृद्धि नेपाल भयाे त प्रश्न यहाँ छ । हुनत मैले यसाे भनिरहँदा सरकारकाे समय अवधिकाे पनि कुरा आउला ।तर हुने बिरुवाकाे चिल्लो पात भने जसरि नेपालीकाे रगत र पसिनाले ल्याएको राज्य व्यवस्थाले जनतालाई काेरा सपना बाहेक अरु के दियाे ? नेपालकाे संविधान २०७२ ले भने जस्तो समानुपातिक व्यवस्थाले आज नेपालमा कति जना दलित मुख्यमन्त्री भए ? कति जना सभासद भए ? अनि धर्मनिरिपेक्षाताकाे नाममा कतिजना जनजातिहरु गाेरु काटेको नाममा जेलमा छन् ? अनि सुसासनकाे नाममा नेपाली चेलीहरु किन दैनिक महिला भएकै नाममा पशुसरह जीवन बिताउनु बाध्य छन् ? अनेक भाषा अनेक संस्कृत भएको देशमा किन खसआर्य भाषा नै नेपाल काे भाषा बन्छ ?
आमा भएको नाताले जसरी एउटी आमा दास बन्छिन् त्यसरी लाेकतन्त्रकाे नाममा नेपाली जनता दास बनेकाे छन् । यसरी इतिहासहरु हिजाे राजाकाे समयमा एउटा व्यक्तिले २५ राेपनी भन्दा बढि जग्गा लिँदा हदबन्दी लाग्ने गर्थें तर आज तीन सय राेपनी लिन पाउँछ । याे उदाहरणले के जनाउँछ भने कम्युनिष्टले शासन गरेको समय पुजीवाँदीहरुकाे लागि अनुकुल व्यवस्था ल्याउँदाेरहेछन् । नेपाल सरकारकाे कार्यशैली मन्त्रीहरुकाे तडकभडक र त्यसका आसेपासेकाे जुँगा माेलाइ भन्दा अनुभूति गर्ने सक्ने अरु के पाइन्छ ? आज सबैले भन्ने गरेको समाजवादी राज्य ब्यवस्थाकाे अभ्यास नेपालमा हुँदै छ रे । के हाे समाजवाद ? यस्काे अभ्यासमा कसरी हुन्छ ? अन्य देशकाे समाजवाद कस्तो छ ? अनि यस ब्यवस्थालाई तयारी गर्ने कर्मचारीहरु कुन प्रकारले अगाडि बढिरहेको छन् ? प्रश्नहरुकाे डङगुरबाट देश अगाडि बढिरहेको छ।
आज गाउँघरमा गएर सरकार र शासन ब्यवस्थाकाे विषयमा साेधिए के उतर आउँछ ? यसकाे अर्थ सरकार पुर्ण रुपमा असफल भएको भने हैन सुध्रन आवश्यक छ । सामान्य जनताले सरकारकाे अनुभुती गर्नेु नसक्नु भनेको लाेकत्तन्त्रकाे उपवास हुनु हाे । एउटा भाँडाेको रुप कस्तो हुने कुमालेकाे सीपमा भर परे जसरि देश कस्तो बनाउने देशका नेतृत्वमा भर पर्ने भएको कारण ब्यवस्था सुहाउँदो परिवर्तनमा सरकार जानुपर्छ । अहिले गाउँमा बाटाे खन्ने र केही भवन निर्माण गर्ने कामहरु केही ठेकेदारहरुले लिने र स्थानीय सरकारकाे समेत मिलेमतोमा कमिसनकाे खेती गर्ने स्थानीय सरकारकाे अनुकुलतामा बजेट संञ्चालन गर्ने जस्तो कामकाे मुखदर्शी जनता छन् ।
समाज रुपान्तरणमा सबै भन्दा ठुलाे कुरा भएको मानिसको चेतना स्तरमा गुणस्तरीयता ल्याउनु हाे । नेपाली समाजकाे चेतनास्तर कहाँ छ र राज्यका अवयकहरु कुन हैसियतबाट विकास र समृद्धिका काम कार्वाही गरिरहेका छन ? अनि विकास भनेको केलाई भन्ने ? अन्याय, अत्यचार, भष्टचार, गण्डागर्दी जस्तो सामाजिक अपराधहरु समाजमा मौलाइरहेको छ । यसकाे दीर्घकालीन सामाधान के हाे ? समस्या छ तर सम्बन्धित पक्ष चुप लागेर बसेकाे देखिन्छ । सबै कुरा पहुँचकाे भरमा हुन्छ । सर्वसाधारणले सेवा सुबिधा पाउनुकाे साटाे बिचौलियाको मार खेप्नुपर्छ । यसकारण व्य वस्था फेरियो तर जनताको विशेषता फेरिएको देख्न कहिले पाउने हो ?