सुर्योदय नगरपालिका खरको छाना मुक्त

  नयाँ बुलन्द
0 Shares

इलाम : सुर्योदय नगरपालिकालाई खरको छाना मुक्त नगर बनाउने उद्देश्यले शनिबार नगरका विपन्न नागरिकलाई जस्तापाता वितरण गरेको छ ।

नगरका १४ वडाका बिपन्न तथा जीर्ण घरमा जीवनयापन गर्न बाध्य नगरबासीको घरलाई खरबाट टिनमा परिणत गर्दै नगरबासीको जीवनयापन सहज बनाउने उदेश्यले नगरले प्रत्येक वडाबाट वडा समितिले छनोट गरेका बिपन्न घरधुरीलाई जस्तापाता वितरण गरेको हो ।

नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच बिपन्न नगरबासीलाई जस्तापाता वितरण गरेको छ । नगर प्रमुख रणबहादुर राई, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना , जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ , नगर उपप्रमुख दुर्गादेवी भट्टराई वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु प्रशासकीय अधिकृत खगेन्द्र बर्देवा लगायतको उपस्थितिमा जस्तापाता हस्ताणतरण गरीएको वितरण गरिएको हो ।

यसैबीच पहिलो चरणमा ६२ घर परिवारलाई जस्तापाता वितरण गर्ने नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।

नगरको विभिन्न क्षेत्रमा जाँदा खरको छाना भएको घरमा विपन्न नागरिक कठिन रुपमा बसिरहेको देखेकाले जस्तापाता वितरण गरिएको नगर प्रमुख राईले बताए ।

नगरले पहिलो चरणमा घरको आकार अनुसार कति बन्डल जस्ता आवश्यक पर्छ हेरेर १ देखि ५ बन्डलसम्म जस्तापाता वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार