माईजोगमाई अध्यक्षकप फूटबलको उपाधि प्याङलाई (भिडियो सहित)

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा सम्पन्न माईजोगमाई गाउँपालिका प्रथम अध्यक्षकप फूटबल प्रतियोगिताको उपाधि माईजोगमाई ६ प्याङले हात पारेको छ ।

बुधबार नयाँबजारस्थित बालागुरु खेल मैदानमा सम्पन्न फाइनलमा रेड डेविल्स नयाँबजारलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै प्याङले उपाधि चुमेको हो ।

निर्धारित समयमा दुवै टिमबाट २-२ गोलको बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा विजेता निर्धारण गरिएको थियो । ट्राइब्रेकरमा प्याङले भने ५ गोल गर्दा रेड डेविल्सले ३ गोल मात्र गर्न सकेको थियो । टाइब्रेकरमा प्याङका पासाङ तामाङ, सौजन थेवे, बसन्त थेवे, जोसेप राई र सुदिप थेवेले जाली चुमाउँदै टिमलाई उपाधि दिलाउन सफल बने । उता रेड डेविल्सका बसन्त गुरुङ, चिरन राई र सुजन फागो मात्र गोल गर्न सफल भएका थिए ।

खेलको सुरुवातदेखि नै प्रतिस्पर्धात्मक रुपमा सञ्चालन भएको खेलको २७ औँ मिनेटमा प्याङका सुदिप थेवेले सुरुवती गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको प्याङका लागि खेलको ६० औं मिनेटमा कप्तान समेत रहेका सुदिन थेवेले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए । उनले रेड डेविल्सका गोलरक्षक सुजन फागो अगाडि बढेको मौकामा सहजै जाली चुमाएका थिए ।

तर प्याङको त्यो अग्रता खेल अवधिभर टिक्न हुन सकेन । अक्रामक रणानीति अपनाएकव रेड डेविल्सले ७० औं मिनेटमा पहिलो गोल गरी खेल २-१ मा ल्याउन सफल बन्यो । रेड डेविल्सका गोल रक्षक सुजन फागोलेको प्रहारले सिधै प्याङको गोल पोष्टमा जाली चुमेको प्याङका गोलरक्षक वाङगेल शेर्पाले पत्तै पाएनन् । अन्तिम समयसम्म विपक्षीविरुद्ध दवाव सिर्जना गर्न सफल रेड डेविल्सले ९० औं मिनेटमा खेल बराबरीमा ल्यायो । रेड डेविल्सका बसन्त गुरुङले गोल गरी खेललाई २-२ बराबरीमा ल्याएका थिए ।

त्यसपछि सिधै टाइब्रेकरका आधारमा विजेता घोषित गरिएको थियो ।

जितसँगै प्याङले नगद १ लाख सहित २० तोला चाँदीको माइजोगमाई रनिङ शिल्डसहित मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता रेड डेविल्स नयाँबजारले भने नगद ५० हजार सहित मेडल र प्रमाण पत्रमा चित्त बुझाउनुपर्‍यो ।

त्यस्तै तेस्रो स्थानमा रहँदै माइजोगमाई ३ नामसालिङ्ग‌ले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्‍यो ।

संचालित प्रतियोगितामा १४ मंसिरबाट संचालित प्रतियोगितामा गाउँपालिका भित्रका १८ टीमको सहभागीता रहेको‌ थियो । माइजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजोगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा भएको हो । विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जीतबहादुर राईले पुरस्कार प्दान गरेका थिए ।

खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमले फेसबुक पेज www.facebook.com/nayabulanda बाट समेत गरिएको थियो ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार