चितवन : चितवनको भरतपुर कारागारमा सोमबार एक कैदीको निधन भएको छ ।
लागूऔषध एवं खैरो हिरोइनको कारोबार मुद्दामा २०६३ जेठ ९ गते १५ वर्ष कैद र पाँच लाख जरीवाना तोकिएका बारा जिल्लाको मुसरहरबा स्थायी ठेगाना भएका बर्ष ३५ को कैदी धनेश शाहको निधन भएको हो ।
जिल्ला कारागार भरतपुरका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार मृतक शाहको टाउकोमा ट्युमर भएको भनी क्यान्सरको आशंकामा भरतपुर ल्याइएको थियो ।
उपचारको लागी कारागारकै गाडीमा भरतपुर अस्पतालमा लैजाँदै गर्दा उनको निधन भएको कारागारका प्रमुख काफ्ले बताए । उनको शवलाइ अहिले भरतपुर अस्पतालमा राखिएको छ । मृतक शाहको कैद भुक्तान हुन तीन वर्ष मात्र बाँकी रहेको प्रमुख काफ्लेले जनाए ।