भीरबाट लडेर इलाममा एकको ज्यान गयो

इलाम : भीरबाट लडेर इलामको रोङ गाउँपालिकामा एक जनाको ज्यान गएको छ । पानी बनाउने क्रममा भीरबाट लडेर रोङ ६ सलकपुरका ५४ वर्षीय प्रेम योन्जनको ज्यान गएको हो ।

स्थानीय सलकपुर खानेपानी तथा सरसफाई योजना समितिका कर्मचारी योन्जनको सोमबार दिउँसो योजनाको पानी बनाएर फर्कने क्रममा लडेर ज्यान गएको हो ।
योन्जन सलकपुरबाट करिव ४ किलोमिटर माथी रम्भ्याङ भन्ने ठाउँमा पुगेका थिए । त्यहाँबाट फर्कने क्रममा धजे सलकपुर खण्डको तारे भीरबाट करिव एक सय मिटर तल खसेका थिए ।

बेलुका घर समेत नपुगेका र गाउँलेहरुले बाटोमा पनि नभेटेपछि खोजीतलास गर्ने क्रममा बिकट पहरामा मृत अवस्थामा भेटिएको थियो । उनको शव पोष्टमार्टमका लागि झापा लगिएको वडा सदस्य केशर प्रधानले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार