तीनजुरेको आयव्यय दुई करोड १४ लाख ५० हजार

  नयाँ बुलन्द
0 Shares

फाकफोकथु : फाकफोकथुम गाउँपालिका वडा नं. २ स्थित तिनजुरे चिया कृषक सहकारी संस्था लिमिटेड इलामको २४ आंंै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

२०५१ सालमा स्थापना भएको उक्त सहकारी संस्थामा हालसम्ममा दुई सय ५४ जना शेयर सदस्य आवद्ध रहेका छन् ।

सभाका अवसरमा प्रमुख अतिथि प्रदेश सांसद धिरेन्द्र शर्माले जिल्लाका अधिकांश कृषक चिया खेतीमा आबद्ध रहेकाले चियाको भविष्य राम्रो रहेकाले चिया क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए ।

कार्यक्रमका विशेष अतिथि गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले फाकफोकथुमबासीको आर्थिक उपार्जनको आधार चिया भएकाले गाउँपालिकाले आगामी दिनमा सहयोग गर्ने विचार व्यक्त गरे । उनले सहकारीहरुलाई गाउँपालिकाले पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष डिकबहादुर थापा, केन्द्रिय चिया उत्पादक सहकारी संस्थाका महासचिव रविन राई, उन्नति समावेशी कार्यक्रमका विष्णु काफ्लेलगायतले बोलेका थिए ।

संस्थामा ९६ लाख ६२ हजार शेयर रकम छ भने संस्थाको १६ लाख ६९ हजार नौ सय ९६ रुपैयाँ निक्षेप संकलन रहेको छ ।

संस्थाका लेखा संयोजक ऋतुकान्त खनालले लेखा प्रतिवेदन र संस्थाका व्यवस्थापक पदमबहादुर तामाङले संस्थाको दुई करोड १४ लाख ५० हजार बराबरको आयव्यय प्रस्तुत गरे ।

सभाले केदारनाथ खनालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा उर्मिला मिश्र, सचिव प्रकाश कुमार राई चयन गरेको हो । सदस्यहरुमा चन्द्रप्रकाश बोहोरा, नारायण पौडेल, रामकुमार राई, दिपककुमार तामाङ, इन्दिरा पौडेल, मुना लिम्वू, राजकुमार श्रेष्ठ र माधव पौडेल चयन भएका छन् ।

यस्तै लेखा समितिको संयोजकमा ऋतुकान्त खनाल र सदस्यहरुमा होमनाथ शर्मा र अग्नि दाहाल चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार