फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. २ मा रहेको स्वास्थ्य चौकी अन्तर्गत रहेको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरूका लागि संचालित दुई दिने नेतृत्व विकास तालिम सकिएको छ ।
फाकफोकथुम गाउँपालिका र करुणा फाउण्डेशन नेपाल इलामको साझेदारीमा सञ्चालित हेरचाहका लागि उत्प्रेरणा परियोजना अन्तर्गत समितिका सदस्यहरुलाई दुई दिने तालिम सञ्चालन गरिएको हो । तालिममा फाकफोकथुम गापा १ र २ का जनप्रतिनिधिहरू, स्वास्थ्य व्यवस्थापन समितिका सदस्यहरु, विद्यालयका प्रअ तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।
तालिमलाई मानव अधिकार सञ्जाल तथा शान्ति कार्यसमूह प्याग मेचीका कार्यक्रम निर्देशक प्रकाश अधिकारीले सहजीकरण गरेका थिए ।