पामकोलको आयव्यय ११ करोड

  गोबिन्द पौडेल
0 Shares

रोङ : इलामको रोङ गाउापालिका ३ को कोल्बुङ्गमा रहेको पाथीभरा मल्टिपलको अपरेटिभ लिमिटेट (पामकोल) को २२ औं साधारण सभा १० करोडको ७८ लाख २ हजार ४ सय ४३ रुपैयाको आयव्यय सार्वजनिक गर्दै सम्पन्न भएको छ ।

इलामको माइखोला वारी साबिक निर्वाचन क्षेत्र नं १ लाइ सेवाक्षेत्र बनाएर स्थापना भएको सो सहकारीमा १२ सय भन्दा बढी सेयर सदस्य र २ करोड ७० लाख ६१ हजार ६ सय चुक्ता पूँजी र ६ करोड १३ लाख ५ हजार ३ सय १० रुपैयाको निक्षेप रहेका व्यवस्थापक गोपाल निरौलाले बताए ।

सहकारीको अध्यक्ष नेत्रबहादुर राइको अध्यक्षता र प्रदेश सभा सदस्य काजीमान कागतेको प्रमुख आतिथ्यता रोङ गाउँपालिकाको उपाध्यक्ष चन्द्रकला राइको बिशेष आतिथ्यता र रोङ ३ का वडाध्यक्ष मात्रिका वरालको आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका असल ऋणी ५, जेष्ठ सदस्य ५, असल बाल बचत कर्ता १ र उत्कृष्ठ रेमिटेन्स कर्ता १ गरी १२ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुलाइ प्रमुख अतिथि काजीमान कागतेले नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार