विविध कार्यक्रमका साथ १५ औं स्वास्थ्य स्वयम् सेविका दिवस मनाइयो

  गोबिन्द पौडेल
0 Shares

इलाम : इलामको सुर्याेदय नगरपालिका १ को गोर्खे स्वास्थ्य चौकीको आयोजनामा १५ औं महिला स्वास्थ्य स्वयम् सेविका दिवस धुमधामको साथ मनाइएको छ ।

बिभिन्न चेतनामुलक नारा लगाउँदै गोर्खे बजारमा र्याली सहित परिक्रमा गरेर स्वास्थ्य चौकी पुगेका महिला स्वास्थ्य स्वय सेबिका, स्वास्थ्यकर्मीलगायलको टोली स्वास्थ्य चौकीमा पुगेर विविध साँस्कृतिक कार्यक्रम र स्वास्थ्य चेतनामुलक हाजिरिजवाफ प्रतियोगिता समेत गरिएको थियो । उक्त हाजिरिजवाफ प्रतियोगीतामा स्वास्थ्य स्वयं सेबिकाहरुमध्ये दीलमाया दहालको टोली प्रथम भएको थियो भने कमला खड्काको टोली दोश्रो भएको थियो ।

यसैगरि बिगत दुइदशक देखी लगातार समाजमा स्वास्थ्य क्षेत्रमा निशुल्क सहयोग गरेका र पचपन्न बर्ष उमेर पुगेका छ जना महिला स्वास्थ्य स्वयं सिेविकाहरुलाइ सम्मान पनि गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जयन्ती सावा, तुलसा सापकोटा, मन कुमारी घिसिङ्ग ,डोमा सेर्पा, कमला काकी र इन्द्र कुमारी राइ लगायत रहेका छन् । उनीहरुलाइ सम्मान पत्र फुलमाला सहित सम्मान गरिएको थियो साथै प्रतियोगीतामा उत्कृष्टहरुलाइ पुरस्कार समेत प्रदान गरिएको थियो ।

स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष राज कुमार सेरेङ्गको प्रमुख आतिथ्यता,स्वास्थ्य चौकी प्रमुख राजेन्द्र मगरका्े बिशेष आतिथ्यता, महिला स्वास्थ्य स्वयं सेबिका समुहकी अध्यक्ष बालकुमारी ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्वास्थ्य स्वयं सेबिका समुहकी सचिव मुना तामाङ्गले संचालन गरेकस् स्वास्थ्य कर्मी शान्त दिल तामाङ्ग ले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार