अध्यक्षकप फूटबल: आरआरसी प्याङ र माइजोगमाई तीन विजयी

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा जारी प्रथम अध्यक्षकप फूटबल प्रतियोगितामा मंगलबार सम्पन्न खेलमा आरआरसी प्याङ र जोगमाई तीन विजयी भएका छन्।

मंलबार सम्पन्न पहिलो खेलमा आरआरसी प्याङले जोगमाई फूटबल क्लबलाई ६-० को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ भने दोस्रो खेलमा माइजोगमाई तीनको अनुपस्थितिमा पूर्व क्षितिज फूटबल क्लब सोयाङ स्वत: विजयी भएको छ।
प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल हुने आयोजकले जनाएको छ। बुधबारको पहिलो खेलमा सेभेन ब्रदर्श सोयाङ र रेड डेविल्स नयाँबजार बीच हुनेछ भने दोस्रो खेलमा फेन्डशिप फूटबल क्लब जोगमाईले ज्योति स्पोर्टिङ्ग क्लब नामसालिङ्ग‌को सामना गर्नुपर्ने आयोजकले जनाएको छ।

माइजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजाेगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद १ लाख सहित २० तोला चाँदीको माईजाेगमाई रनिङ शिल्ड तथा उपविजेताले नगद ५० हजार र तृतीयले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

साथै उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड उत्कृष्ट गोलरक्षक अनुशासित टीम र म्यान अफ द म्याचलाई विधागत पुरस्कार समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

गाउँपालिका भित्रका १८ टीमको सहभागीताका साथ माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजार स्थित बालागुरु खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल आगामी २६ मंसिरमा हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार