म्याराथन दौडमा लाओती बिजयी

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माङ्सेबुङ गाउँपालिकामा म्याराथुन दौड माङ्सेबुङको रिङरोड परिक्रममा गर्दै सम्पन्न भएको छ ।

आत्मानन्द गोल्ड कपको ११ औं खेलकुद प्रतियोगिता अन्तरगत अतिरिक्त खेल दौड प्रतियोगिता भएको हो । दौडमा सहभागीहरुले माङ्सेबुङको ५ किलोमिटर रहेको रिङ रोड दुई चरणमा परिक्रमा गरेका थिए । म्याराथन दौडमा जम्मा २४ जना सहभागीहरुले भाग लिएका थिए ।

पान्थरका लक्ष्मण लाओतीले १० किलोमिटर रिङ रोड ३५ मिनेट ७ सेकेन्डमा पार गर्दै प्रथम भएका छन । याङ्देव राईले ३६ मिनेटमा पार गर्दै दोस्रो हुन सफल भए भने लासेली योङ्हाङले ३६मिनेट ५ सेकेन्डमा पार तेस्रो, बालान्द लिम्बुले ३७ मिनेटमा पार गर्दै चौथो भए । उनीहरुले मध्ये प्रथमले नगद पुरस्कार रु १० हजार एक सय ६५, दोस्रोले नगद पुरस्कार रु ८हजार १ सय ६५ तेस्रोले नगद पुरस्कार रु ५ हजार १ सय ६५ चौथोले नगद पुरस्कार रु ३ हजार १ सय ६५ सहभागीहरुले साथमा मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार