“अन्तर विद्यालय नृत्य प्रतियोगिता सिजन–२” को उत्कृष्ट २२ प्रतिस्पर्धी छनौट

  नयाँ बुलन्द
0 Shares

इलाम : देवेन गहना गृह इलामद्वारा इलाम जिल्लामा रहेका अपाङ्गता वरण भएका बालबालिकाहरुको लागि अक्षयकोष निर्माणका लागि आयोजित “अन्तर विद्यालय नृत्य प्रतियोगिता सिजन–२” को उत्कृष्ट २२ प्रतिस्पर्धी छनौट गरिएको छ ।

इलाम जिल्लाका ७५ विद्यालयका करिब तीन हजार विद्यार्थीहरुबीच गरिएको प्रतिस्पर्धाबाट उत्कृष्ट २२ जना छनौट गरिएको आयोजक देवेन गहना गृहका संचालक देवेन्द्र शंकरले बताए ।

प्रतियोगिता सम्पन्न भएसँगै इलाम जिल्लामा रहेका अपाङ्गता वरण भएका बालबालिकाहरुको सहयोगको लागि न्यूनतम् ३० लाख रुपैंयाँ बराबरको अक्षयकोष निर्माण गर्ने उद्देश्य राखिएको शंकरले बताए ।

छनौट भएका प्रतिस्पर्धीहरुको विवरण यसप्रकार रहेको छ ।
१. कुशुम राई : मण्टेश्वरी बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका
२. शोभा शेर्पा : बी.बी. मेमोरियल अंग्रेजी बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका
३. स्मिता लेप्चा : हेरिटेज नेशनल एकेडेमी, इलाम नगरपालिका
४. रिसिम गिरी : ग्रीनभ्याली एकेडेमी, इलाम नगरपालिका
५. भूमिका कार्की : बरबोटे बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका
६. अस्मिता गुरुङ्ग : जुबिल्याण्ट इलाईट एकेडेमी, इलाम नगरपालिका
७. नर्गिस कार्की : माउण्ट मेची बोर्डिङ्ग स्कूल, इलाम नगरपालिका
८. मनिषा राई : अमर माध्यमिक विद्यालय, इलाम नगरपालिका
९.सञ्जु भुजेल : एभरल्याण्ड इन्टरनेशनल एकेडेमी, सूर्योदय नगरपालिका
१०. सोमिया राई : इलाम ग्लोरियस बोर्डिङ्ग स्कूल, सूर्योदय नगरपालिका
११. सुहाना गदाल : इलाम साईज्योति बोर्डिङ्ग स्कूल, सूर्योदय नगरपालिका
१२. अस्मिता कट्टेल : पञ्चकन्या बोर्डिङ्ग, सूर्योदय नगरपालिका
१३. आकृति राई : पाथिभरा अंग्रेजी बोर्डिङ्ग स्कूल, सूर्योदय नगरपालिका
१४. आषिस गुरुङ्ग : इष्ट पोइन्ट अंग्रेजी स्कूल, सूर्योदय नगरपालिका
१५. शारदा भुजेल : सुर्योदय शिक्षा सदन, देऊमाई नगरपालिका
१६. कृष्टिना फागो : खान्द्रुङ्ग माध्यमिक विद्यालय, देऊमाई नगरपालिका
१७. जिना लिम्बू : पञ्चमी अंग्रेजी बोर्डिङ्ग स्कूल, देऊमाई नगरपालिका
१८. भीष्मा लिम्बू : भानुभक्त माध्यमिक विद्यालय, देऊमाई नगरपालिका
१९. रीस्ता परियार : इलाम मर्निङ्ग ग्लोरी स्कूल, देऊमाई नगरपालिका
२०. सजना चबेगु : कन्काई माध्यमिक विद्यालय, माई नगरपालिका
२१. अलिसा साउदेन : इलाम न्यू लाईट अंग्रेजी स्कूल, माई नगरपालिका
२२. कृषा राई : नेपाल एकेडेमी, माई नगरपालिका

प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई अध्ययनको लागि छात्रबृत्ति प्रदान गरिनुका साथै प्रथम हुने विद्यार्थीलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार र तेस्रो हुनेलाई १० हजार रुपैंयाँ नगद पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ ।

यसबाहेक नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रथम हुनेलाई पाँच लाख, दोस्रो हुनेलाई तीन लाख र तेस्रो हुनेलाई दुई लाख बराबरको लाईफ इन्सुरेन्स गरिनुका साथै अन्य विभिन्न अवसरहरु प्रदान गरिने संचालक शंकरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार