गैसस महासंघको अध्यक्ष्मा जीताराम लामा निर्वाचित

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : काठमाडौंमा दुईदिनसम्म चलेको गैर सरकारी संस्था महासंघको ९औं केन्द्रिय महाधिवेशनले जीताराम लामाको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको छ  ।

महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा ध्रुव प्रसाद देव, उपाध्यक्ष सुमित्रा सुवेदी, महासचिव रामप्रसाद सुवेदी, उपमहासचिव दिनेश चौधरी र अर्जुन भट्टराई, सचिव भावना भट्ट, देवी प्रसाद तिमिल्सीना, बैद्यनाथ चौधरी, सोभराम डाँगी, उमेश विक, धर्मराज पाठक र डिल्लु घिमिरे, कोषाध्यक्ष बिष्णु थकाली निर्वाचित भएका छन् ।

त्यसैगरी केन्द्रिय सदस्यमा बालमुकुन्द सुवाल, राजेन्द्र शर्मा, इश्वरलाल राजभण्डारी, दिपेन्द्रप्रकाश डीसी, लक्ष्मणबहादुर खड्का, गोकर्ण रुपाखेती, सञ्जयकुमार दाहाल, भिमप्रसाद शर्मा, रामचन्द्र शाह, विमलकाजी श्रेष्ठ, मिलनकुमार घिसिङ्ग, काँसीबहादुर बिक, रमेश लामा, अन्जु झा, प्रिज्मा सिंह थारु, सावित्रा घिमिरे विक, छविलाल खतिवडा, बुद्धशरण लामा, नानीमाया थापा, काजीराम रोका, गामा ढकाल, महेश्वरी राई, देवीलाल लामिछाने, पशुपति कुँवर, भवराज रेग्मी, कृष्णकला काफ्ले, श्वेताकुमारी कलुवार, खिमबहादुर शाही, यादवकुमार सरकार र नेत्रकला शाही निर्वाचित भएका छन्  ।

नागरिक सम्मेलनको आयोजना समेत गरिएको अधिवेशनमा ७ प्रदेश र ७७ जिल्लाबाट ९ सय प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार