रोङ : इलामको रोङ गाउँपालिका ६ स्थित लामीटारमा आयोजित फुटबल प्रतियोगिताको उपाधि तेलपानी फुटबल टिम झापाले कब्जा गरेको छ ।
शनिबार भएको फाइलनमा गाडागल्ली फुटबल क्लवलाई २ गोलले पराजित गर्दै तेलपानीले उपाधि कब्जा गरेको हो ।
जितसँगै विजेता तेलपानी फुटबल क्लवले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपबिजेता गाडागल्लीले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
खेल अवधिभरका वेस्ट गोलकिपर सलकपुर फुटबल टिमका रुपक प्रधान, बेस्ट प्लेयर लामिटार फुटबल टिमका अबिरल राई, अनुसासित टिम बहुबन फुटबल दिम र सबैभन्दा धेरै गोलकर्ता लामीटार फुटबल टिमका नबिन तामाङ्ग घोषित भए । उनीहरुलाई रोङ गाउँपालिकाको उपाध्यक्ष चन्द्रकला राइको प्रमुख आतिथ्यता र रोङ ६ का वडाध्यक्ष मनिकुमार राइको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
खेलको माध्यामबाट पर्यटन प्रबधन गराउने उद्देश्यले १ मंसिरबाट न्यु स्टार क्लव लामीटारको आयोजनामा १ मंसीरदेखि संचालित सो खेलमा इलाम र झापाका बिभिन्न २० टीमको सहभागिता रहेको थियो ।
लामीटार आधारभुत बिद्यालयको खेल मैदानमा भएको खेलको समापन आयोजक न्यु स्टार क्लबका अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन हेमन्त मोक्तानले गरेका थिए ।