भाईले दाजुलाई खुकुरी प्रहार गरेपछी !

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाममा शनिबार दिउँसो भाईले आफ्नै दाजुलाई खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

इलाम नगरपालिका ९ साँझबोटेका २८ वर्षीय नबिन सुबेदीले आफनै दाजु ३० वर्षीय संजिव सुवेदीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा १ खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहनरबाट संजिवग सुवदीको बाँया हातको चौंथो औंला छिनिएको र दाहिने कानको माथी टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

उनको ईलाम अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी झापाको बीएण्डसीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

सुवेदी दाजुभाईबीच तिहारमा सामान्य झैझगाडा भएको र त्यस पश्चात हालसम्म बोलचाल नरहेको जनाइएको छ ।

खुकरी प्रहार गर्ने भाई नबिन सुबेदीलाई प्रहरीले पक्राउ गरी अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार