घुर्बिसे पञ्चमीमा नि:शुल्क स्वास्थ शिविर सम्पन्न

  युद्धबहादुर बोहोरा
7 Shares

 

पाँचथर : फाल्गुनन्द-५,स्थित घुर्बिसे पञ्चमी बजारमा कादुरी ब्रिटिश गोर्खा वेलफेयरको आयोजनामा चार दिने नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।

मङ्सिर १० गते देखि संचालन भएको शिविरलाई घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिले मद्दत गरेको थियो।शिविरमा इलाम फाकफोकथुम र पाँचथर फाल्गुनन्द गाउँपालिकाका आठ सय सात जना पुरुष र एक हजार एक सय दुई जना महिला गरि जम्मा एक हजार नौ सय छ जना विरामीहरुले स्वास्थ्य उपचारको सेवा लिएको कादुरी ब्रिटिश गोर्खा वेलफेयरका प्रोजेक्ट डाइरेक्टर क्याप्टेन राजन राईले जानकारी दिए।उपचारमा ८५ वर्ष सम्ममा रोगीहरुले सुविधा लिएको उनले बताए।

१६ जना मेडिकल टिम र १५ जना प्रशासन टोलि सहित जम्मा ३१ जनाको टोलि संलग्न रहेको शिविरमा दाँत,आँखा,स्त्रीरोग र जनरल ओपिडि लगायतको सेवा उपलब्ध गराइएको थियो।
कार्यक्रम सफल पार्न स्थानीय १७ जना स्वयंसेवक खटाइएको थियो।
नेपालका विभिन्न अस्पतालका रोग विशेषज्ञ ल्याइएको थियो।हिमालयन आँखा हस्पिटल पोखराका डाक्टर इन्द्रमान महर्जनको नेतृत्वमा छ जनाको टिम,काठमाडौंबाट स्त्रीरोग तर्फ डाक्टर मौसम राईको नेतृत्वमा दुई जनाको टिम,दाँत सम्बन्धि डाक्टर सर्वेश मराठा,जनरल फिजिसियनको लागि अवेय श्रेष्ठ,काठमाडौंबाट प्रनय राणा नेपाल गञ्जबाट विनोद प्याकुरेल,धरानबाट आनन्द कार्की सहितको टोलि आएको थियो।
संस्थाद्वारा पूर्व देखि पश्चिम नेपालका विकट ग्रामीण क्षेत्रका गरिब जनतालाई राहत पुग्ने गरि वार्षिक ८० करोड बराबरको योजनाहरु संचालन गर्दै आएको बताए।

यस संस्थाले माइक्रो हाइड्रो,पिउनेपानी,गोरेटो बाटो,झोलुङ्गे पुल,स्वास्थ शिविर,सोलार बत्ती जस्ता आवश्यक कुराहरुमा सहयोग गर्दै आएको छ।
वार्षिक दुई वटा नि:शुल्क स्वास्थ शिविर कार्यक्रम गर्ने कार्ययोजना अनुसार २०७५ सालको पहिलो कार्यक्रमका रूपमा यस क्षेत्रका गरिब समुदायको निमित्त संचालन गरिएको र दोस्रो योजना पश्चिमी क्षेत्रमा गरिने उनले बताए।
दाँत फुकाल्ने आँखाको मोतीविन्दु शल्यक्रिया,औषधि वितरण र आवश्यकता अनुसार चस्मा वितरण गरेको थियो।

उक्त शिविर संचालनको लागि गोर्खा वेलफेयर फिदिम,पाँचथरका अफिसर सुवराज थाम्सुहाङ्गले विशेष पहल गरेका थिए। सर्वसाधारण जनताको घर दैलोमा आएर संस्था र मेडिकल टिमले दिएको नि:शुल्क स्वास्थ्य उपचार सेवाको कदर गर्दै समापन कार्यक्रममा फाल्गुनन्द गाउँपालिका उपाध्यक्ष देवित्र कुमारी आङ्देम्बे,प्रमुख प्रशासकीय अधिकृत सुन्दर बान्तवा ,पाँचथर फाल्गुनन्द-५ का अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङ,इलाम फाकफोकथुम -१ का अध्यक्ष टेकवीर लिम्बूले सम्मान तथा प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए।

समापनमा नाम्तोक युवा क्लब, खानेपानी समिति र बजार समिति घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयले समेत मायाको चिनो प्रदान गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको थियो।
सम्मान ग्रहण पछि क्याप्टेन राईले शिविरमा स्थानीयको उत्साहजनक उपस्थितिको प्रशंसा गर्दै यस क्षेत्रमा रहेको खानेपानीको चरम अभावको हल गर्न संस्थाबाट चाँडै पहल गरिने आश्वासन दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार