इलाम : इलाम नगरपालिका–३ पुवाझुवामा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । अधेरे गाउँमा भर्खरै जन्माएर फालिएको शिशु विहान करिब साढे ४ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल इलामले जनाएको छ ।
शिशुको शव पोष्टमार्टमको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिवितै जन्मिएको हो या मृत अवस्थामा शिशुको जन्म भएको पत्ता लगाउन पोष्टमार्टमका लागि धरानमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
शिशु जन्माएर फालेको आशंकामा प्रहरीले सुर्योदय नगरपालिका–९ फिक्कलकी २५ वर्षिया सावित्रा मुखियालाई नियन्त्रणमा लिएको छ । फिक्कलबाट पुवामझुवा आफन्तको घरमा आएका बेला जन्मिएको शिशु बारीमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।
अवैध सम्पर्कबाट जन्मिएको बच्चा फालेको हुनसक्ने भएपनि अनुसन्धान पुरा नभइञ्जेल निचोडमा पुग्न नसकिने प्रहरीले जनाएको छ ।