शिक्षकहरूलाई एकसय अस्सि घण्टे कम्प्युटर प्रशिक्षण शुरु

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : जीतपुर माध्यमिक बिध्यालय देउमाई नगरपालिका ९ जीतपुरमा शिक्षक हरुका लागि एक सय अस्सि घण्टे कम्युटर प्रसिक्षण कार्यक्रम हिजो देखि शुरु भएको छ ।

शिक्षण सिकाई कृयाकलापमा आधुनिक प्रबिधी प्रयोग गर्न अदक्ष शिक्षक हरुका लागि सो प्रशिक्षण भइरहेको जीतपुर मा बि का प्रधानाध्यापक गोबिन्द बरालले बताए  ।

आधुनिक परिवेशमा आधुनिक शैली अपनाएर शिक्षण गर्दा प्रभावकारी हुन्छ भन्ने हिसाबले सो प्रशिक्षण गराइएको प्रधानाध्यापक बराल बताउछन । उक्त प्रशिक्षण कार्यक्रममा शिक्षक शिक्षिका गरि जम्मा १५ जना प्रशिक्षार्थी रहेका छन भने प्रशिक्षण फाल्गुन खतिवडाले गर्दै आएका छन  ।

साथै आधुनिक प्रबिधि मैत्री बिध्यालय बनाउन क्लोज सर्किट टिभी ५ ओटाको संख्यामा राखिसकिएको र केही दिनमा यस्को संख्या बढाएर ८ ओटा पुर्याउने र त्यस पछि प्राथमिक तह ५ कक्षा सम्म एल इ डि कम्युटरको ब्याबस्था गरेर शिक्षण गराउने योजना भएको बताईएको छ ।

अहिलेको युग आधुनिक प्रबिधिको भएकोले गर्दा बिध्यालयमा आधुनिक प्रबिधी मैत्री बिध्यालय बनाउन सकेको खण्डमा शिक्षक बिध्यार्थिले प्रभाबकारी शिक्षण र सिकाई गर्न सक्ने वातावरण बन्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार