सडकमा गाई छोड्दा गाईधनी प्रहरीको हिरासतमा

काठमाडौं : सडकमा गाई छोड्दा गाईधनी प्रहरीको हिरासतमा पुगेको भन्ने सुन्दा अचम्म लाग्ला। तर, राजधानीमा एउटा यस्तै घटना भएको छ। सडकमा बेवारिसे अवस्थामा गाई छाडेका कारण गाईधनी प्रहरीको हिरासतमा पुगेका छन् ।

राजधानी दैनिकमा प्रकाशित समाचार अनुसार गत १२ कात्तिकमा ललितपुर महानगरपालिका–२३ धापाखेलमा भेटिएको घाइते गाईलाई ललितपुर महानगरपालिका–२१ माथिल्लो खोकनामा रहेको ‘स्नेहाज केयर सेन्टर’ले रेस्क्यु गरेर उपचार थालेपछि गाईधनी प्रहरी हिरासतमा पुगेका हुन्।

प्रहरीले इन्स्योरेन्स ट्यागका आधारमा गाईधनीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटो बोलायो। धापाखेलका केदार घिमिरेले आफूले दूध दिन छाडेपछि घाइते अवस्थामा रहेको गाईलाई सडकमा छाडेको बयान दिएपछि प्रहरीले उनलाई नयाँ मुलुकी अपराध संहिताअनुसार पशुपक्षीसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखेको हो।सो कानुनबमोजिम घिमिरे दोषी ठहरिए तीन महिना कैद वा ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार