रोङ : पढेलेखेका मानिसले जुनसुकै काम गर्न हुँदैन भनी रुमल्लीरहँदा हरेक गाउँ र इलाकालाई कार्यक्षेत्र बनाएर सिरक बनाउँदै आएका धुनियाको कमाई निक्कै लोभलाग्दो छ ।
गाउँका मानिसहरु रोजगारीका लागि देश र विदेशमा भौतारिरहँदा आफ्नै गाउँमा आएर काम गर्नेहरुले लाखौं रुपैयाँ कमाएर लैजाने गरेका छन् ।
मध्य नेपालको बारा, पर्सा तथा भारतको विभिन्न स्थानहरुबाट वर्षौदेखि यही पेश गर्ने गरेका उनीहरुले समय सापेक्ष प्रविधि र सीपबाट वर्षमा दशौं लाखको कमाई र व्यापार गर्ने गरेका छन् ।
विगत २३ वर्षअघि मालिकसँग सहयोगी बनेर आएका सुरेन्द्र शाह तेली २२ वर्षदेखि पूर्वि इलामको रोङ र मेची नगरमा व्यापार व्यवसाय गर्दै आएका छन्
।
यही व्यापारको भरमा उनको परिवार त चलेकै छ, छोरा छोरीको शिक्षादिक्षा मात्र होइनन, उनले वीरगञ्जमा घर जग्गा र गाडी समेत जोडेका छन् ।
पहिला धनुबाट रुवा फिट्ने उनी यस वर्षदेखी आफ्नै ट्याक्टरमा पुरानो कपडा पेलेर रुवा बनाएर सिरक बनाउन गाउँ पसेका छन् । घरमा काम नलाग्ने र फाटेका
लुगाहरु प्रतिकिलो ७० रुपैयाँको दरले रुवा बनाउने र प्रति सिरकको ५ सयदेखि १ हजारसम्म ज्याला लिने र सिरकको कभर कपडा नभएमा उक्त कपडा समेत
बेच्ने गरेका छन् ।
यसो गर्दा उनको व्यापार सरदर १० हजारको हुने र मासिक व्यापार तीन लाखको हुने उनले बताए । भदौदेखि वैसाखसम्म लगातार काम हुने गरेको उनको अनुभव रहेको छ । यसबाट पनि उनको २७ लाखको कारोबार भएपनि नाफा रकम भने उल्लेख नगर्ने बताए ।
यता हाम्रो समाजमा भने पढेपछि जागिर नै खानुपर्छ र त्यसमा पनि शहरनै गएर भन्ने मानसिकता रहिरहँदा यस्ता रोजगार र स्वरोजगारका क्षेत्रहरुलाई अगाल्न सकेमा न त बेरोजगारी भएर बस्नु थियो, न त कामको खोजीमा भौतारिनु नै पर्ने थियो । यस्ता कामबाट प्रेरणा लिने की सोचनीय बनेको छ ।