माइजोगमाई : सिभिल बैंकको आठौँ बार्षिकोत्सवको अवसरमा सिभिल बैंक शाखा कार्यालय नयाँबजारले आफ्नो आठौँ बार्षिकोत्सवको अवसरमा गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सोमबार शाखा कार्यालय नयाँबजारमा आयोजित बार्षिकोत्सव विशेष कार्यक्रममा छात्रवृत्ति दिने घोषणा गरिएको हो । छात्रवृत्तिका लागि गाउँपालिका भित्र अध्यरत विद्यार्थीहरुबाट छनोट गरिने र छनोट भएका विद्यार्थीलाई नगद ५ हजार प्रदान गरिने शाखा प्रमुख मिलन भट्टराईले बताए ।
साथै सोमबार बार्षिकोत्सवको अवसरमा शाखा कार्यालय नयाँबजारले ग्राहकलाई मिठाई तथा फलफूल वितरण गरेको थियो ।