तेश्राे उद्याेग दिवश २०७५ इलाममा पनि मनाईयो

  अतीत योङ्हाङ
0 Shares

इलाम : तेश्राे उद्याेग दिवश २०७५ इलाममा मनाइएकाे छ । घरेलु तथा साना उद्याेग विकास समिति इलामकाे अायाेजनामा एक दिवशिय उद्यमि अन्तरक्रिया तथा सम्मान कार्यक्रम सञ्चालन गरी अाज दिवश मनाइएकाे हाे ।

कार्यक्रमबाट दश उद्यमी र तीन जग्गादाता गरी १३ जना सम्मानित भएका छन् । सम्मानित हुने उद्यमीहरूमा देवकुमारी लिम्बु (न्यु सम्भना ढाका उद्याेग इलाम नगरपालिका ७), सुस्मा रार्इ (इलामेलि ललिपप उद्येग इनपा ७), मिलनकुमारी खत्री (कचनजंगा अर्थाेडक्स चिया उद्याेग इनपा १), उषादेवी निराैला (इलाम अदुवा प्रशेधन उद्येग इनपा ८),लिलादेवि भट्टरार्इ (भट्टरार्इ कृषी पशुपालन तथा डेरी उद्याेग सन्दकपुर ३)छन् ।

त्यस्तै महिला उद्यमितर्फ लासाङ् तामाङ्ग (नने बुद्ध फुल नर्सरि सुनपा १), अन्जना पराजुली (अन्जु व्युटि पार्लर इनपा ७) श्री अमृता नेपाली (फाकफेकथुम ३) सर्मिला निरौला (मेनुका बेकरी इनपा ६)तथा जग्गादाताहरू दिलबहादुर सुवेदी (इलाम नगरपालिका १), नैरथ बहादुर फागाे (इलाम नगरपालिका ११) र नेत्रमणि फुएल (देउमाइ नगरपालिका ८) सम्मानित भए ।

जिल्ला समन्वय समिति इलामका प्रमुख श्री गणेश बरालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा इलाम उद्याेग बाणिज्य संघका अध्यक्ष अानन्द कट्टेलले उद्याेग क्षेत्रका अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा घरेलु तथा साना उद्येग विकास समिति इलामका प्रमुख सत्यनारायण रार्इले इलाम जिल्लाका उद्येग क्षेत्रका सम्भावना, समस्या तथा समाधानका उपाय विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना महासंघ इलामका अध्यक्ष दिनेश श्रेष्ठ, जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर लगायतकाे मन्तव्य रहेकाे थियाे । त्यस्तै सम्मानित हुने उद्यमिहरूककाे तर्फबाट इलाम अदुवा प्रशेधन उद्याेगका प्रेपाइटर तथा राष्टिय महिला उद्यमि उषादेवि निराैलाले धन्यवाद मन्तव्य राखेकी  थिइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार