तमोर लिफ्टको काम सरकारी संयन्त्रका कारण सुस्त

  नयाँ बुलन्द
0 Shares

पाँचथर : पाँचथरको सुख्खाक्षेत्र कुम्मायक गाउँपालिकामा सन्चालित तमोर लिफ्टको काम सरकारी संयन्त्रका कारण सुस्त भएको छ । आयोजनाको सुरुवाती समयदेखि खानेपानी सरसफाई सव–डिविजन कार्यालयले हेर्दै आएको थियो । तर अहिलेको नयाँ संरचना अनुसार आयोजनाको काम केन्द्र सरकारले हेर्ने भएपछि तत्कालाई भने समस्या देखा परेको हो ।

केन्द्रमा खानेपानी बिभाग अन्तरगर्तको सुख्खा क्षेत्र बिभागले सुख्खाक्षेत्रको काम गर्दै आएको छ । गाउँपालिकामा संचालनमा रहेको आयोजनाको जिम्मा सुख्खा क्षेत्र बिभागले नै लिएपछि समस्या देखिएकोे हो । डिविजन कार्यालया प्रदेश मातहतमा रहने भएपछि योजनाको काम केन्द्रले लिएको छ । केन्द्रमा रहेको बिभागको कार्यालय प्रदेशमा नहुदा आयोजनाको काम झंझटिलो भएको निर्माण कम्पनीले जनाएको छ ।

यसअघि सुख्खाक्षेत्र बिभाग र डिविजन कार्यालयले आयोजनाको काम गर्दै आएका थिए । अहिलेको नयाँ संरचनाले केन्द्रसंगको दुरि टाढा बनाएको निर्माण कम्पनीका सन्तोष बस्नेतले जनाए । उनीभन्छन् ‘आयोजनाको बारेमा डिविजन कार्यालयका प्राविधिकलाई पूर्ण ज्ञान छ, सरकारले त्यस्ता कर्मचारीलाई प्रयोग गरे योजना फलदायी हुन्छ ।

बस्नेतले भने ‘बिभागमा कर्मचारी हेरफेर भएको छ् । समितिले यस बिषयमा चासो दिएर अघिबढ्नु पर्छ सबै समक्ष समन्वय गर्दा यो समस्या लामोसयम कायम हुदैन, उनले भने ।
योजनामा देखिएका समस्याहरु निर्माण कम्पनीले ५ महिनादेखि काम गरेको ३ करोड रुपयाँ नपाउँदा कर्चापदार्थ, जनशक्ति र प्राविधिकहरु निर्माण क्षेत्रमा खटाउन नसकेको बताउँदै आएको छ । प्रदेश र केन्द्रको संरचना हेरफेरले निर्माण कम्पनीलाई बिभागले पम्पं र ट्रान्सर्फमरको खरित प्रक्रिया स्वीकृति नदिंदा समस्या भएको छ ।

पानी तान्ने पंम्प र ट्रान्समिटरको अडोर गरेर नेपाल ल्याउन झन्डै ५ देखि ६ महिनासम्मको समयअवधि लाग्ने भएकाले बिभागकै कारणले योजना लम्बिने संकेत देखिएको हो । बिभागले योजनाको कामलाई गति दिन प्रदेशमा कार्यालय स्थापना गर्नुपर्ने हुन्छ । तर यतातर्फ बिभागले चासो नदिदा योजना लम्बिदै जाने प्रति नागरिकले चिन्त्ता व्यक्त गरेका छन ।

यता सुख्खाक्षेत्र बिभागले चाडै प्रदेशमा कार्यालय स्थापना गर्ने गरी तयारी भएको जनाएको छ । हाम्रो सवालसंग कुरा गर्दै सुख्खाक्षेत्र बिभागका प्रमुख सुनिलकुमार दासले ‘केन्द्रमा मात्र सिमित भएको बिभागको कार्यालयलाई सबै प्रदेशमा पु¥याउने गरी तयारी भईरहेको बताए । ‘सुख्खाक्षेत्र बिभागले प्रदेशको कुन ठाउँमा कार्यालय स्थापना गर्दा प्रभावकारी हुन्छ भन्ने बिषयमा निर्णय गरी मन्त्रिपरिषदको कार्यालयमा पठाउँने गरी तयारी भएको छ ।

मन्त्रिपरिषदको निर्णय २ हप्ता भित्र टुङगो लाग्छ । त्यसपछि योजनाको कामले गति लिन्छ उनले भने । संघ र प्रदेशको संरचनाले गर्दा निर्माण कम्पनीलाई समयमै उपकरणको खरिद गर्न स्विकृती दिन केही कठिनाइ भएको हो । यस बिषयमा बिभाग कटिबद्ध भएर लागि परेको छ दासले भने । कुम्मायक गाउँपालिकामा संचालित तमोर लिफ्ट खानेपानी योजनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले ८० प्रतिशत काम सम्पन्न गरेको छ ।

बाँकी रहेका २० प्रतिशत काम गर्दै आएको छ । तमोरको पानी बस्तीमा पु¥याउन पंम्प, ट्रान्सर्फमर र बितरण पाईपलाइनको केही काम मात्र बाँकी रहेको निर्माण कम्पनीले बताएको छ । केन्द्र र प्रदेशको कार्यालय समायोजनको कार्यले गर्दा योजनाको काम लम्बिने भएको छ ।hamrosawal बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार