पाँचथर : दोस्रो घुर्बिसे पञ्चमी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फाक्तेपेली खेलकुद परिषद फाल्गुनन्द-५ ले हात पारेको छ।
शनिबार सम्पन्न फाइनल खेलमा १-० गोल अन्तरले आदर्श सुर्योदय क्लब राँकेलाई हराउँदै फाक्तेपेली खेलकुद परिषदले उपाधि चुम्न सफल भएको छ।
विजयी टिमले १ लाख २ हजार दुई सय २२ नगद र ट्रफी ग्रहण गर्यो।विजेता टिमलाई खेल समापनका प्रमुख अतिथि इलाम फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए।
प्रतिस्पर्धात्मक खेलको मध्यान्तर अघि कुनै गोल हुन सकेन। मध्यान्तर पछिको ३० मिनेट अर्थात खेल अवधिको ७५ औं मिनेटमा फाक्तेपेली खेलकुद परिषदका दिपेश बर्देवाले गरेको गोलले जितको सुनिश्चितता कायम गर्यो।
लामो समय आक्रमक शैलीमा खेल प्रदर्शनी गरेको आदर्श सुर्योदय क्लब राँकेले कुनै गोल गर्न नसक्दा दोस्रो स्थानमा चित्त बुझाउँदै ५६ हजार ६ सय ६६ नगद र ट्रफी प्राप्त गर्न सफल भयो।
खेलमा उत्कृष्ट गोल रक्षक,सर्बाधिक गोलकर्ता,उत्कृष्ट खेलाडी क्रमशः बिजेता टिमका सर्जन लिम्बु,दिपेश बर्देवा,सुवास लिम्बु र इमान्दारी टिम तर्फ फाएब स्टार आङ्साराङलाई नगद सहित सम्मान गरिएको थियो।
नाम्तोक युवा क्लबले आयोजना गरेको खेलमा फाक्तेपेली युवा परिषद,आदर्श सुर्योदय क्लब राँके,आरोहण क्लब सप्तमी र फाइब स्टार क्लब आङसाराङ सेमिफाइनलमा प्रवेश गरेका थिए।
विगत दुई बर्ष देखि आयोजना गर्दै आएको खेल मङ्सिर १ गते बाट शुरूवात भएको थियो।खेलमा जम्मा २० टिमको सहभागिता रहेको क्लबका सचिव विनोद आङ्देम्बेले जानकारी दिए।
इलाम फाकफोकथुम-१ र पाँचथर फाल्गुनन्द-५ को संगम स्थल घुर्बिसे पञ्चमीको खेलमैदान उक्त खेल सम्पन्न भएको थियो।
फाइनल खेलमा आइभेरी कोष्टाका बिदेशी खेलाडी द्वय जेशी र फ्रेंकको खेल हेर्न दर्शको भिड उर्लिएको थियो।
खेलमैदान अत्यन्तै रोमान्चित देखिन्थ्यो।
पन्चेबाजा,ढोलनाच लगायत विभिन्न साँस्कृतिक कार्यक्रमले सजिएको फाइनल खेल साच्चिकै क्षेत्रीयस्तरको खेल जस्तै उत्साहका साथमा सम्पन्न भएको घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिका सचिव टीका सम्बाहाम्फे लिम्बु बताउँछन्।