कारोबार बढाउदै सडक शौचालय

  गोबिन्द पौडेल
0 Shares

रोङ  : सवारी साधनको  निक्कै चाप रहने मेची राजमार्गमा बनेका सडक शौचालयले वाताबरण सफा राखनमा मात्र हैन कारोबारमा समेत बृद्धि  गरेको छ ।

पर्यटकिय  इलाम जिल्लामा अवस्थित मेची राजमार्गको बिभिन्न स्थानमा बनेका शौचालयहरुले इलाम भित्रेका पर्यटक र यात्रुहरुलाइ सुबिधा त दिएकै छ  जथाभाबि गरिने शौचले खुल्ला दिशामुक्त जिल्लाको  बदनाम मात्रै जोगाएको छैन वातावरण स्वस्थ्य राख्न पनि सहयोग गरेको छ ।

निक्कै ब्यस्त रहने मेची राजमार्गमा  सरकारी स्तरबाट भने राजमार्ग केन्द्रित शौचालयहरु स-सुल्क रोङका जोरकलसमा मात्रै रहेको  र निशुल्क इलाम नगरपालिकाको जौबारी नजिकै गौरी डाँडामा मात्रै रहेकोमा रोङको अर्याल चौक नजिकै रहेको निशुल्क शौचालयको कारण यात्रुहरुले नै सवारीका साधनहरु निशुल्क शौच गर्न पाइने स्थानमा रोक्न अनुरोध गर्ने गरेको चालकहरुले बताएका छन् ।

निजी स्तरबाट नै सडक शौचालय संचालन गर्दा केही समस्या आए पनि नजिकै आफु र आफन्तनै पसल गर्ने गरेकाले कारोबार पनि राम्रै हुने गरेको एक ब्यवसायिले बताए । उनिहरुको पसलमा हरियो तरकारी फल फुल चिया नास्ता पसल र समेत राम्रै बिक्री हुने गरेको र हरेक पसलले बनाएको शौचालय निमार्ण कर्ताले नै सफा राख्ने गरेको उनिहरुको भनाइ रहेको छ ।

यता रोङ गाउपालिकाले खासै आवश्यक्ता नभएको कारण  मेची रार्जमार्गमा सार्वजनिक शौचालय बनाउन नखोजेको भएपनि सुयोदय नगरपालिकाले भने पहिला नै आवश्यक्ता बोध गरेको भएपनि सार्वजनिक जग्गा नपाइएको कारण बनाउन नसकिएको र जग्गाको खोजी लगातार भइरहेको कारण जग्गा प्राप्ती हुनसाथ नगरपालिकाले शौचालय निमणको कार्य थालिने नगरपालिकाको प्रवक्ता पेमा उगेन लामा भाइचुङ्गले बताए ।

इलाम नगरपालिकाले भने गोदकको गौरी डाँडामा निशुल्क शौचालय निमार्ण गरिदिए पछि त्यहाँको समेत  ब्यपार ब्यवसाय फस्टाएको स्थानिय बासीहरुको भनाइ रहेको छ ।  ग्रिन सिटि इलामलाइ सफा राख्न मेची राजमार्गको अन्य स्थानहरुमा समेत यस्ता शौचालयहरु निर्माण गर्न आवश्यक्ता देखीमा नगरपालिकाले निमार्ण कार्य अगाडी बढाउने इलाम नगरपालिकाका प्रवक्ता ठाकुर श्रेष्टले बताए । मेची रार्जमार्गको गोदक खण्डमा टहरो ब्यापार सगै निजी स्तरबाट सडक शौचालय निर्माण गरि संचालन हुदै आएकोमा यात्रु र स्थानियबासीहरु दुबैले लाभ लिदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार