बस दुर्घटना, एक भारतीयको मृत्यु, १७ जना घाइते (अपडेट)

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ ऐरिछानामा शुक्रबार विहान भएको मिनिबस दुर्घटनामा परी भारतको पिथौरागढ जिल्ला अस्कोट बस्ने ४० वर्षीय अनिल पालको मृत्यु भएको छ ।

मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको म१ख ४३६ नम्बरको मिनिबस दुर्घटनामा परी भारतीय नागरिक पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

दुर्घटनामा परी अन्य ७ जना गम्भिर घाइते भएका छन् भने १० जना सामान्य घाइते भएको उनले जानकारी दिए ।

दुर्घटनामा परी गम्भिर घाइते भएका ७ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी लेकम गाउँपालिका–४ खरकडाकी वर्ष नखुलेकी लक्ष्मी कुवर, मालिकार्जुन गाउँपालिका ८ पस्तीका भुपेन्द्र धामी, लेकम गाउँपालिका ४ खरकडाका दौलत सिंह कुवर, मालिकार्जुन ८ पस्तीका २८ वर्षिय रमेश सिह धामी, पस्तीकै वर्ष ३० का धिरेन्द्र धामी, लेकम ४ का २५ वर्षीय लक्ष्मी कुवर र सोही ठाउँ बस्ने वर्ष २५ की रेवती बस्नेत गम्भिर घाइते भएको सुचना अधिकारी बोहराले जानकारी दिए ।

दुर्घटनामा परी लेकम गाउँपालिका ४ का वर्ष ३३ का रामसिंह बस्नेत, सोही ठाउँ बस्ने वर्ष ३३ कै जानकी बस्नेत, सोही ठाउँकै नरेश सिंह, लक्ष्मी कुवर लेकम गाउँपालिका–५ का ३२ वर्षीय नरेश बोहरा, मालिकार्जुन गाउँपालिका–८ मेलखेतका १८ वर्षीय नगेन्द्र पन्त, मेलखेतकै १३ वर्षीय लक्ष्मण पन्त, मालिकार्जुन ८ पस्तीका ३५ वर्षीय गोपाल धामी, पस्तीकै २४ वर्षीय चन्द्र पन्त, अपिहिमाल गाउँपालिका ६ का २५ वर्षीय मंगल महता सामान्य घाइते भएको उनले जानकारी दिए ।

बिहीबार राती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलाई बोकेर खलंगा आइरहेको मिनिबस मालिकार्जुन गाउँपालिका ३ ऐरिछाना भन्ने स्थानमा सडकबाट तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी बोहराले बताए । घाइतेलाई घट्नास्थलबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरि अस्पताल पुर्‍याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार