‘समृद्ध मूलुक बनाउन सरकार प्रतिपक्ष जिम्मेवार भएनन्’

  नयाँ बुलन्द
0 Shares

इलाम : कांग्रेस नेता कृष्ण प्रसाद  सिटौलाले संविधानको मर्म बमोजिम समृद्ध मूलुक बनाउनका निम्ती सरकार र प्रतिपक्ष दुवै असफल भएको वताएका छन् ।

आफ्नै पार्टीको प्रतिपक्षी भूमिकामा चित्त नबुझाएका सिटौलाले सरकारको ९ महिने कार्यकालमा मूलुकलाई नया“ गति दिने खाले केहि काम नभएको आरोप लगाए ।

नेपाल प्रेस युनियन इलामले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सिटौलाले सरकार कम्युनिष्ट पार्टी ठूलो बनाउने दम्भमा लाग्दा मूलुक नै समस्यामा पर्ने धारणा राखे । कांग्रेस नेतृत्वले पार्टी परिचालन गर्न नसकेकाले आफूले आलोचनामार्फत सुधारको अपेक्षा राखेको उनको भनाई थियो ।

सभापतिले काम दिएनन्

सशस्त्र विद्रोह पछि गठित सरकारका गृहमन्त्रीसमेत रहेका सिटौलाले संविधान सभाको पहिलो निर्वाचन हार्दा तत्कालिन सभापती गिरिजाप्रसाद कोइरालाले नैतिक जिम्मेवारी लिदै नया“ ढंगले पार्टी परिचालन गर्दा अर्को चुनावमा जित हालि गरेको सन्दर्भ कोट्याउदै अहिलेको पार्टी नेतृत्वले केन्द्रिय कमिटिदेखि वडातह सम्मका कमिटि परिचालन गर्न नसकेको आरोप लगाए ।

नेता सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई काम दिन नसकेको बताएका छन । सिटौलाले सभापतीले काम दिएर देश दौडाहामा पठाए आफु जहा पनि जान तयार भएको बताए । तर, उनले सभापतिले मनपरि गरे चुप लागेर नबस्ने चेतावनी दिएका छन ।
सिटौलाले नेपाली कांग्रेसले आन्तरिक समस्याका कारण बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको पनि बताए ।

मुलुकी संहिताको दुरुपयोग भयो

सिटौलाले मुलुकी ऐनको सरकारले दुरुपयोग गरेको बताए । संविधानमै प्रेस स्वतन्त्रता भनिएकाले सरकारले प्रेस माथि अंकुश लाउन नहुने बताए । उनले सरकारले आफना कमजोरी लुकाउन प्रेम माथि अंकुस लाउने , तर्साउने , थर्काउने काम गरेकाले मुलुकी संहिता संसोधन गर्नु पर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार