इलाम : इलाममा विहीबार साँझ भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।
साँझ करिब पौने ५ बजे इलाम नगरपालिका १ साँखेजुङस्थित कच्ची सडक खण्डमा भएको दुर्घनामा परी इलाम नगरपालिका १ का ५६ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनालको घट्ना स्थलमानै ज्यान गएको प्रहीले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्सीका चालक देउमाई नगरपालिका ६ का ३० वर्षटीय रमेश गुरूङ, सहचालक २० वर्षीय सुनिल गुरूङ र यात्री २६ वर्षीय तुलसीकुमार बस्नेत घइते भएका छन् ।
उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम बजारबाट देउमाई नगरपालिकाको शान्तिडाँडा वाफरुङतर्फ जादै गरेको मे १ ज ८१८ नम्बरको ट्याक्सी बाटोदेखी १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्याक्सीमा चालक र सहचालकसहित ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।
























































